सुर्खेत, १ साउन ।
क्रिष्टल इन्ष्टिच्युट अफ इन्फोटेक सुर्खेतले सोमवारदेखि साइबर सुर्खेत डटकम अनलाइन सेवा सुरु गरेको छ । इन्फोटेकले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी सो सेवा सुरु गरेको हो । सो अनलाइनले मनोरन्जन, व्यापार र सूचना प्रविधिको वारेमा जानकारी दिने इन्ष्टिच्युटका प्रवन्ध निर्देशक मानबहादुर नेपालीले बताए । त्यसका साथै व्रिजकोर्ष, पाठ्यक्रम, कम्प्यूटर, मोबाइलसम्वन्धी सम्पूर्ण कुराहरु सो अनलाइनमा राखिएको उनको भनाइ छ । प्रयोगकर्ताहरुका लागि उक्त सेवा नि:शुल्क भएको उनले जनाए ।
त्यसका साथै कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गरी उक्त अनलाइनले पहिलोपटक प्रस्तुतिकरण प्रतियोगितापनि संचालन गर्ने भएको छ । क्रिष्टल इन्ष्टिच्युट अफ इन्फोटेक सुर्खेतले सोमवारदेखि साइबर सुर्खेत डटकम अनलाइन सेवा सुरु गरेको छ । इन्फोटेकले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी सो सेवा सुरु गरेको हो । सो अनलाइनले मनोरन्जन, व्यापार र सूचना प्रविधिको वारेमा जानकारी दिने इन्ष्टिच्युटका प्रवन्ध निर्देशक मानबहादुर नेपालीले बताए । त्यसका साथै व्रिजकोर्ष, पाठ्यक्रम, कम्प्यूटर, मोबाइलसम्वन्धी सम्पूर्ण कुराहरु सो अनलाइनमा राखिएको उनको भनाइ छ । प्रयोगकर्ताहरुका लागि उक्त सेवा नि:शुल्क भएको उनले जनाए ।
शिक्षामा इन्टरनेटको प्रभाव विषयमा विद्यार्थीहरुले अनलाइन फर्म भरेर उपलव्ध गराएपछि इन्ष्चि्युटले छनौट गरेर प्रतियोगिता गराउने प्रवन्ध निर्देशक नेपालीले जनाए । ज्ञान विज्ञान, सूचना, मनोरन्जन र प्रविधिको वारेमा अनलाइनले सुर्खेतमा नयाँ पहिचान गराउने विश्वास लिइएको इन्ष्टिच्युटका संयोजक टेकबहादुर खड्काले बताए ।
उक्त अनलाइन हेर्नका लागि www.cybersurkhet.com हान्नु पर्नेछ ।
No comments:
Post a Comment