सरसफाईसम्वन्धी जनचेतनामूलक र्‍याली

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १७ असार ।
    विद्यार्थीहरु र समुदायहरुमा स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतना जगाउने उद्देश्यले वीरेन्द्रनगरमा आइतवार र्‍याली निकालिएको छ । भिएसओ नेपालको आयोजनामा निकालिएको र्‍यालीले वीरेन्द्रनगर बजार परिक्रमा गरेको थियो । 
यसैगरी कार्यक्रममा सोलीघोप्टे नेटवर्कका विद्यार्थीहरुले सफा खानेपानी र शौचालयको प्रयोग सम्बन्धी जनचेतनामुलक नाटक ‘हग्ने भाँडो’ समेत प्रदर्शन गरेका थिएभने एन्फो, हेल्भिटास, स्याक र क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयको आयोजनामा स्वास्थ्य र सरसफाई सम्बन्धि प्रदर्शनीको आयेजना गरेको थियो । कार्यक्रमको सहजीकरण भिएसओ. नेपालका स्वयंसेवक विभु शर्मा र संगिता खापुङले गरेका थिए ।

No comments:

Post a Comment