सुर्खेत, १७ असार ।
डिभी निकेतन इत्रामले शनिवार रक्तदान एवं अभिभावक भेला सम्पन्न गरेको छ । रक्तदानमा शिक्षक, अभिभावक तथा विद्यार्थी समेतले गरी २० पिन्ट रगत संकलन गरिएको थियो । यसैगरी पुनरावेदन अदालतका न्यायाधीश रत्नबहादुर बागचन्द, हेल्भेटासका इन्जिनियर मदन भट्ट, बरिष्ठ शिक्षक प्रेमबहादुर घलेलगायतको उपस्थितिमा भएको अभिभावक भेलामा उनीहरुले विद्यालय तथा शिक्षकमा हुनुपर्ने गुणहरुकाबारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा विद्यालयका तर्फबाट प्राचार्य ऋषिकेशर खनाल तथा सिइओ शरद भण्डारीले विद्यालयका प्रयास, भावी कार्यक्रम तथा शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराएका थिए । विद्यालयले यस क्षेत्रमा नौलो शैक्षिक प्रणाली प्रयोगका रुपमा लागू गर्न खोजेकाले सबैको सकारात्मक सुझाव सल्लाहको अपेक्षा उनीहरुले राखेका थिए । डिभी निकेतन इत्रामले शनिवार रक्तदान एवं अभिभावक भेला सम्पन्न गरेको छ । रक्तदानमा शिक्षक, अभिभावक तथा विद्यार्थी समेतले गरी २० पिन्ट रगत संकलन गरिएको थियो । यसैगरी पुनरावेदन अदालतका न्यायाधीश रत्नबहादुर बागचन्द, हेल्भेटासका इन्जिनियर मदन भट्ट, बरिष्ठ शिक्षक प्रेमबहादुर घलेलगायतको उपस्थितिमा भएको अभिभावक भेलामा उनीहरुले विद्यालय तथा शिक्षकमा हुनुपर्ने गुणहरुकाबारेमा प्रकाश पारेका थिए ।
अभिभावकहरुबाट आएका सुझाव तथा गुनासोलाई अक्षरश पालना गर्ने प्रतिवद्धता जनाउँदै उनीहरुले आगामी दिनमा पनि अझ परिस्कृतरुपमा यस्ता कार्यक्रमहरुको आयोजना गर्ने बताएका थिए ।
No comments:
Post a Comment