ग्लोबल आइएमई बैंकको उद्घाटन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ असार ।
    प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ग्लोबल आइएमई बैंक लि. को सोमवार उद्घाटन गरेका छन् । ग्लोबल बैंक लि., आइएमई फाइनान्सियल इन्स्टिच्यूशन लि. तथा लर्ड बुद्ध फाइनान्स लि. एक आपसमा गाभिएर ग्लोबल आइएमई बैंक लि. को भएपछि प्रधानमन्त्री भट्टराईले बैंकको कर्पोरेट कार्यालय पानीपोखरीमा उद्घाटन गरेका हुन् । प्रधानमन्त्री भट्टराईले गाभिएपछि बैंकले प्रदान गर्ने सेवा सुविधा प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
    छोटो समयमा मर्जरको प्रक्रिया सम्पन्न भएको ग्लोबल आइएमई बैंक देशकै बैंकि· इतिहासमा हालसम्मको सबैभन्दा ठूलो मर्जर हुन पुगेको बताइन्छ । ग्लोबल आइएमई बैंकको देशभर ६२ वटा शाखाहरु, २ वटा एक्सटेन्शन काउन्टरहरु तथा ५७ वटा एटिएमहरुको संजाल रहने छन् । ग्लोबल आइएमई बैंक नेपालमा भिसा क्रेडिट कार्ड जारी गर्ने सातौं बैंक हो ।
    पूर्वमा ताप्लेजु·देखि पश्चिममा बैतडीसम्म फैलिएको शाखा संजाल निजीस्तरको बाणिज्य बैंकहरु मध्ये सबैभन्दा ठूलो हो  । मर्जरपछि बैंकको उपस्थिति देशका १३ अञ्चलहरुमा पुगेको छ । यो विस्तारित सेवा संजालले ग्राहकवर्गको अझ नजिक पुगी ‘सबैका लागि बैंक’ भन्ने नारा चरितार्थ गर्न थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
    यस्तै मर्जरपश्चात  बैंकको कूल चुक्ता पूूँजी २ अर्ब १८ करोड, निक्षेप २६ अर्ब तथा कर्जा २० अर्ब रुपैयाँ पुगेको छभने ग्राहक संख्या २ लाख ५५ हजारभन्दा बढी रहेको छ । ग्लोबल आइएमई बैंकले आगामी दिनहरुमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

No comments:

Post a Comment