सुर्खेत, २६ असार ।
नेपाल सरकारले जातीय विभेदका कारण ज्यान गुमाएका दैलेखको तोली गाविस वडा नं. २ धनीगाउँका सेते दमाईको आश्रित परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । गृह मन्त्रालयका सचिव सुशीलजंग राणाले छोराले अन्तरजातीय विवाह गरेको कारण ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने विषयमा असार २१ गतेको मन्त्रिपरिषद्को वैठकले निर्णय गरेको पत्र मंगलवार मात्र गृह मन्त्रालयमा प्राप्त भएको जानकारी दिए ।
कान्छो छोरा सन्तबहादुर दमाईले स्थानीय राजकुमारी शाहीसंग अन्तरजातीय विवाह गरेको विषयमा दश महिना अघि गत भदौ १३ माइती पक्षकी नातेदारले गरेको खुकुरी प्रहारबाट घाइते भएकामा उपचारको क्रममा भोलिपल्ट सेते दमाईको मृत्यु भएको थियो । नेपाल सरकारले जातीय विभेदका कारण ज्यान गुमाएका दैलेखको तोली गाविस वडा नं. २ धनीगाउँका सेते दमाईको आश्रित परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । गृह मन्त्रालयका सचिव सुशीलजंग राणाले छोराले अन्तरजातीय विवाह गरेको कारण ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने विषयमा असार २१ गतेको मन्त्रिपरिषद्को वैठकले निर्णय गरेको पत्र मंगलवार मात्र गृह मन्त्रालयमा प्राप्त भएको जानकारी दिए ।
नेपालकै इतिहासमा जातीय कारण मारिएका पहिलो नागरिक भएको भन्दै परिवारलाई क्षतिपूर्ति र मृतकलाई शहीद घोषणाको माग राखी गठित ‘सेते दमाई शहीद घोषणा संघर्ष समिति’को संस्थागत पैरबीमा सरकारले सो निर्णय गरेको हो । पीडित परिवारले १० लाख पाउनु दलित आन्दोलनको महत्वपूर्ण उपलब्धी भएको संघर्ष समितिका संयोजक अमर सुनारले बताए ।
No comments:
Post a Comment