नेकपा—माओवादी गाउँ कमिटी विस्तार अभियानमा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ साउन ।
    नेकपा–माओवादी सुर्खेत अहिले गाउँ कमिटी विस्तार अभियानमा जुटेको छ । नयाँ पार्टी गठन भएपछि कार्यकर्ता संगठित गर्न नेकपा–माओवादी गाउँ पसेको हो । यसैक्रममा आइतवार छिन्चु गाविसमा गाउँ कमिटी कार्यालय स्थापना गरेको छ ।
    कार्यालय स्थापना कार्यक्रममा पार्टीका भेरी–कर्णाली राज्यसमितिका सहसेक्रेटरी कृष्ण धमलाले अहिलेको निकासको मुख्य समाधान गोलमेच सम्मेलन भएको बताए । उनले जनयुद्धका मूल्यमान्यताहरुलाई प्रचण्डले तुहाइदिएकोले नयाँ पार्टी गठन गर्नुपर्ने कारणसमेत प्रष्ट्याए ।
    कार्यक्रममा पार्टीका सुर्खेत जिल्ला सहइन्चार्ज बालाराम सुनार, प्रेमप्रकाश वली, एमालेका लालमणि पौडेल, राप्रपाका तिलक हमाललगायतले शुभकामना दिएका थिए ।
    आज सोमवार सहारे गाविसमा कार्यालय स्थापना गरिने क्रान्तिकारी पत्रकार महासंघका जेबी सुनारले बताए । उनका अनुसार साउन ११ गते धारापानी, १२ गते मालारानी गाविसमा कार्यालय स्थापना गरिनेछ । 

No comments:

Post a Comment