जाजरकोट, १ साउन ।
जाजरकोट जिल्लामा बन्ने गरेका विकास निर्माणका अधिकांश कार्यहरु गुणस्तरहीन हुने गरेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । उपभोक्ता समिति, कार्यालय प्रमुख र प्राविधिकको मिलेमतोमा व्यापक अनियमितता हुने गरेका कारण विकास निर्माण गुणस्तरहीन हुने गरेको उनीहरुको आरोप छ । भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप)को आयोजनामा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । विकास निर्माण कार्यमा गुणस्तर र पारदर्शीता विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले विकास निर्माणका कार्यहरु कागजमै सीमित हुने गरेको आरोप लगाएका छन् ।
स्थानीयस्तरमा गएका प्राविधिकहरुले कमिशनको आधारमा बन्दै नबनेका र गुणस्तरहीन कामलाई पनि पास गरिदिने गर्नुले जिल्लाको विकासको लागि आएको रकम बालुवामा पानी सरह भएको उनीहरुको भनाइ छ । आफूले भनेको निश्चित कमिसन पाए मापदण्ड विपरित भएका कामहरुलाई समेत प्राविधिकहरुले पास गरिदिने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष कमान खडकाले बताए । उनले सन्तोष गर्ने कुनै ठाउँ नभएको बताउँदै अधिकांश योजनामा दलका कार्यकर्ता भएका कारणपनि अनियमितता बढ्दै गएको उल्लेख गरे ।जाजरकोट जिल्लामा बन्ने गरेका विकास निर्माणका अधिकांश कार्यहरु गुणस्तरहीन हुने गरेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । उपभोक्ता समिति, कार्यालय प्रमुख र प्राविधिकको मिलेमतोमा व्यापक अनियमितता हुने गरेका कारण विकास निर्माण गुणस्तरहीन हुने गरेको उनीहरुको आरोप छ । भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप)को आयोजनामा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । विकास निर्माण कार्यमा गुणस्तर र पारदर्शीता विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा सहभागी भएका सरोकारवालाहरुले विकास निर्माणका कार्यहरु कागजमै सीमित हुने गरेको आरोप लगाएका छन् ।
No comments:
Post a Comment