बैतडी, १ साउन ।
महिनादिन अघि जन्मेको छोरा लोग्नेले अस्वीकार गरेपछि बैतडी भूमिराजकी एक युवती प्रहरीमा उजुरी गर्न सदरमुकाम आएकी छन् । भूमिराज–८ की २१ बर्षीया कमला खडायत (साउद)ले गत जेठ ९ गते जन्माएको छोरा २२ बर्षीय लोग्ने कमल साउदले स्वीकार नगरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएको बताइन् ।
‘आफैंले जन्माएको छोरा मेरो होइन भनेर मलाई अलपत्र पार्न खोजेको छ’ लोग्ने विरुद्ध प्रहरीमा उजुरी गर्न आएकी कमलाले भनिन्, ‘आफ्नै छोरा नस्वीकारेपछि प्रहरीको शरणमा आएकी हुँ ।’ महिनादिन अघि जन्मेको छोरा लोग्नेले अस्वीकार गरेपछि बैतडी भूमिराजकी एक युवती प्रहरीमा उजुरी गर्न सदरमुकाम आएकी छन् । भूमिराज–८ की २१ बर्षीया कमला खडायत (साउद)ले गत जेठ ९ गते जन्माएको छोरा २२ बर्षीय लोग्ने कमल साउदले स्वीकार नगरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएको बताइन् ।
No comments:
Post a Comment