धेरै महिलाहरु बच्चा पाएपछि आफ्नो जिउडाल बिग्रिएको, भद्दा भएको तथा आफ्नो सुन्दरता बिग्रिएको भन्दै दुखेसो गर्छन् । तर पछिल्लो एक अध्ययनले महिलाहरुले आत्मविश्वासी बनेर आफ्नो मातृत्वलाई सकारात्मक ढंगले ग्रहण गर्ने होभने आमा बनेका महिला झनै सेक्सी बन्ने देखाएको छ । अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्व विद्यालयका सामाजिक मनोविज्ञ शोधकर्ता डाक्टर फिओना केट बार्लका अनुसार महिलाहरु आमा बनिसकेपछि पहिलेभन्दा झनै आकर्षक तथा सेक्सी देखिन्छन् ।
आमा बनिसकेपछि महिलाहरु केबल शारीरिक मात्र नभएर व्यवहारिक तथा मानसिक रुपमा पनि परिपक्व हुने तथा सन्तुष्टिको स्तर बढ्ने भएकाले उनीहरुको सुन्दरतामा निखार आउने दाबी उनको छ । बच्चालाई गर्ने माया तथा मातृत्वप्रतिको गर्वका कारण महिलाको आत्मविश्वासमा बढोत्तरी हुन्छ, जसले वस्तुत: उनको शारीरिक सुन्दरतामा प्रभाव पार्छ । आमा बनिसकेका महिलाको मुखाकृति तथा वक्षस्थलमा आउने केही परिवर्तनहरु पनि उनको कामुकता वृद्धि गर्नमा सहयोगी हुने बताइन्छ । हुनत धेरै महिलाहरु आमा बनिसकेपछि वक्षस्थल खुकुलो तथा भद्दा बन्ने र अनाकर्षक हुने हीन भावना पाल्दछन् । तर त्यसो होइन, आमा बनिसकेपछि वक्षस्थल परिवर्तन भएर गोलाकार हुन्छ जुन कामुकता वृद्धि गर्ने मुख्य तत्व हो । त्यसकारण आमा बनेपछि महिलाहरुले आफ्नो सुन्दरता घट्ने मनोभावनाबाट ग्रसित हुन छाडेर आत्मविश्वासी बनी शारीरिक तन्दुरुस्तीमा ध्यान दिन सक्ने होभने त्यसले महिलालाई झनै सुन्दर तथा आकर्षक र सेक्सी बनाउने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।

No comments:
Post a Comment