दिमागबारेका केही रोचक तथ्य

    मस्तिष्क मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप निर्देशित हुन्छन् र मस्तिष्कले नै शरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ । मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर मस्तिष्कको बनाबट तथा कार्यमा विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ । त्यसैले सोही जानकारीका लागि हामीले यहाँ केही तथ्यहरु प्रस्तुत गरेका छौं ।
१. कहिलेकाहीं टाउको दुख्यो वा तनाव भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने भान पर्छ । तर खास कुरो के होभने मस्तिष्क कहिल्यैपनि दुख्दैन । शरीरका अरु भागमा चोटपटक लाग्दा दुखाइ महसुस हुन्छ यसको कारण ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने रिसेप्टर हुन्छन् । तर मस्तिष्क कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् । अर्थात अरु अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै दुखाइ भने थाहा पाउँदैन ।
२. मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् कि सबै रक्तनलीको लम्बाइ जोड्ने होभने १ लाख माइल हुन्छ । योसंगै मस्तिष्कमा खरबौं न्युरोन हुन्छन् ।
    मस्तिष्कले हाम्रो शरीरको १७ प्रतिशत ऊर्जा खपत गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत गरेको हुन्छ ।
३.मानिस ननिदाएको बेला मस्तिष्कबाट १० देखि २३ वाट ऊर्जा निस्किरहेको हुन्छ । यो ऊर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब बाल्न समेत पर्याप्त हुन्छ ।
४. महिलाको मस्तिष्क भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत ठूलो हुन्छ । तर सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको भन्दा बढी न्युरोन हुन्छन् र महिलाको मस्तिष्क पुरुषको भन्दा बढी कामकाजी वा सक्रिय हुन्छ । महिलाको मस्तिष्कको बायाँ भाग बढी सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग । सोही कारण महिला बढी संवेदनशील हुन्छन् भने पुरुष तर्कशील ।
५. निदाएको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क उति नै सक्रिय हुन्छ जति विपनामा सो काम गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने तथा रुची राख्ने मानिसले बढी सपना देख्छ ।
६. मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै नियन्त्रित गर्ने काम हो । मान्छे केबल रमाइला कुरा सुनेर मात्र हाासेको हुँदैन । ४ महिनाको बच्चाले हामीले भनेका कुरा तथा गरेको इशारा बुझ्दैन तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।
७. मस्तिष्क ठूलो हुादैमा मान्छे बढि अब्बल हुन्छ भन्ने कुरा गलत हो । अल्बर्टआइन्सटाइनको मस्तिष्कको तौल केबल १२३० ग्राम थियो जब की पुरुषहरुको मस्तिष्कको औषत तौल १४ सय ग्राम हुन्छ । कतिपयले भने मानिसको टाउको जतिठूलो भयो मान्छे उति नै अब्बल हुने बताउँछन् ।

No comments:

Post a Comment