चीनको गान्सु प्रान्तका विभिन्न नौ सहर तथा जिल्लामा फट्यांग्राविरुद्ध लड्नका लागि १ लाख कुखुराको फौज परिचालन गरिने भएको छ । हरेक वर्ष फट्यांग्राले बालीनालीको पात खाएर सखापै पार्न थालेपछि सरकारले नै खेतबारीमा कुखुराका फौज तैनाथ गर्ने निर्णय गरेको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार गान्सुमा हरेक वर्ष झण्डै १३.३ लाख हेक्टर क्षेत्रमा लगाइएको बालीनालीमा पात खाने फट्यांग्राले ठूलो क्षति पूराउने गर्छ ।
प्रान्तको कृषि मन्त्रालयको उपप्रमुख लियु झिमिनले फट्यांग्राले खेती तथा पशुपालन उद्योगलाई नराम्ररी प्रभावित गरेको र त्यसले कृषिभूमिको पर्यावरणमा पनि असर पूराएको बताए । स्मरणरहोस्, गएको वर्षपनि गान्सुका विभिन्न १० जिल्लामा फट्यांग्रा मार्नका लागि ८५ हजार कुखुरा खटाइएको थियो । त्यसबाट ६० लाख युआन फाइदा भएको थियो । गान्सुमा १.८ करोड हेक्टर कृषिभूमि छ जुन प्रान्तको कुल क्षेत्रफलको ४० प्रतिशत हो ।
No comments:
Post a Comment