दाङ, २ साउन ।
दाङमा पहिलो पटक साबुन उद्योगको स्थापना भएको छ । स्वेच्छिक अवकाश रोजेर घर फर्केका तीनजना पूर्वलडाकु कृष्ण रोकाय, देवबहादुर विक र सुदीप तामाङ मिलेर बिजौरी गाउँ विकास समितिमा सिर्जना साबुन उद्योगको स्थापना गरेका हुन् ।
‘स्वेच्छिक अवकाश रोजेपछि राज्यले उपलब्ध गराएको रकमबाट साबुन उद्योग स्थापना गरेका हौं,’–पूर्वलडाकु रुकुम घर भएका कृष्ण रोकायले भने । आठ लाख रुपैयाँको लागतमा स्थानीय एक व्यक्तिको जग्गा पाँच वर्षका लागि भाडामा लिएर उद्योग सञ्चालन गरिएको हो । लुगाधुने (डल्लो) साबुनमात्र उत्पादन दाङमा पहिलो पटक साबुन उद्योगको स्थापना भएको छ । स्वेच्छिक अवकाश रोजेर घर फर्केका तीनजना पूर्वलडाकु कृष्ण रोकाय, देवबहादुर विक र सुदीप तामाङ मिलेर बिजौरी गाउँ विकास समितिमा सिर्जना साबुन उद्योगको स्थापना गरेका हुन् ।
गरेको सो उद्योगले अब छिट्टै अन्य प्रकारका साबुन उत्पादन गर्ने दाङ घर भएका देवबहादुर विकले बताए । समाजमा सकारात्मक सोचको विकास गर्न र युद्धको घाउ बिर्साउन आफूहरूले यो उद्योग स्थापना गरेको अर्का उद्योग सञ्चालक काठमाडौंका सुदीप तामाङले जनाए ।
यसैबीच, उद्योगको सोमबार एक कार्यक्रमबीच उदघाट्न गरिएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ, तुलसीपुर का अध्यक्ष टेकनप्रसाद बस्नेतले उद्योगको उद्घाटन गर्दै जिल्लामा साना तथा घरेलु उद्योगको सम्भावना बढी रहेको बताए ।
No comments:
Post a Comment