जाजरकोट, २ साउन ।
मालपोत कार्यालय जाजरकोटका प्रमुख तिलकराम रिजाललाई स्थानीय एक उत्छृंखल समूहले सोमवार राती सांघातिक हमला गरेको छ । हमलाबाट उनी गम्भीर घाइते भएका छन् । घाइते रिजाललाई जिल्ला अस्पताल जाजरकोट खलंगामा भर्ना गरिएको छ । रिजालको टाउकोमा गम्भीर चोट लागेको छ । खलंगा–२ पिपलडाँडास्थित लक्ष्मण शाहको घरमा रहेको मालपोत कार्यालयलाई कार्यालय प्रमुख रिजालले खलंगा–२ थाप्ले स्थित दीपकजंग शाहको घरमा सार्न खोजेको भन्दै कुटपिट गरेको प्रहरीको आशंका छ ।
कुटपिटमा संलग्न खलंगा–२ स्थानीय प्रयास शाह, सुशील शाह, प्रेम केसी र दीपराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न अन्य फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी प्रमुख डिएसपी ईश्वर कार्कीले बताए । कुटपिटमा संलग्नलाई प्रहरीले सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाउने तयारी गरिरहेको छ । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मालपोत कार्यालय जाजरकोटका प्रमुख तिलकराम रिजाललाई स्थानीय एक उत्छृंखल समूहले सोमवार राती सांघातिक हमला गरेको छ । हमलाबाट उनी गम्भीर घाइते भएका छन् । घाइते रिजाललाई जिल्ला अस्पताल जाजरकोट खलंगामा भर्ना गरिएको छ । रिजालको टाउकोमा गम्भीर चोट लागेको छ । खलंगा–२ पिपलडाँडास्थित लक्ष्मण शाहको घरमा रहेको मालपोत कार्यालयलाई कार्यालय प्रमुख रिजालले खलंगा–२ थाप्ले स्थित दीपकजंग शाहको घरमा सार्न खोजेको भन्दै कुटपिट गरेको प्रहरीको आशंका छ ।
No comments:
Post a Comment