अन्तरक्रिया

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ४ साउन । (सुस) जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतको आयोजना र फूलवारी बचत तथा ऋण सहकारी संघको आर्थिक सहयोगमा लेखा परीक्षणको क्रममा देखिएका समस्या र समाधानका उपाय विषयक एक दिने अन्तरक्रिया विहीवार सम्पन्न गरिएको छ । कार्यक्रममा चार्टर एकान्टेन्ट दिपक प्याकुरेल र तीर्थराज न्यौपानेलाई सम्मान गरिएको थियो ।

चार्टर एकान्टेन्ट दिपक प्याकुरेलले सुर्खेतस्थित विभिन्न सहकारी संघसंस्थाहरुसंग सहकार्य तथा समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
    जिल्ला वचत तथा ऋण सहकारी संस्था सुर्खेतका अध्यक्ष पदम दाहालको अध्यक्षता तथा डिभिजन सहकारी कार्यालय सुर्खेतका सहकारी निरीक्षक गणेश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जनहितकारी साकोसका कोषाध्यक्ष रुद्रबहादुर खत्री, राइनाष्टार साकोसका शम्भु पन्त, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक बब्लु ओली, संस्थाका सचिव भक्तिप्रसाद सापकोटाले आ–आफ्नो भनाइ राखेका थिए ।

No comments:

Post a Comment