सुर्खेत, ४ साउन । वीरेन्द्रनगर वडा नं. ११ चनौटेस्थित नारायण टोल सुनौलो स्वास्थ्य आमा समूहले बिहीवार इत्राम खोलाको छेउछाउमा वृक्षारोपण गरेको छ । इत्राम खोलामा वर्षेनी कटान गरिरहेका वेला समूहले करिव २ सय ६० वटा विरुवा रोपेको समूहकी सचिव बालिका सारु मगरले बताइन् । यसैगरी सो समूहले इत्राम खोलामा हुने भू–क्षय रोक्नका लागि खोलाबाट ढुंगा बालुवा निकासीमा रोक लगाउने निर्णयसमेत गरेको उनले जानकारी दिइन् ।
No comments:
Post a Comment