सुर्खेत यातायातमा योगी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ असार ।
सुर्खेत यातायात व्यवसायी संघको अध्यक्षमा ललितनाथ योगी सर्वसम्मत चयन भएका छन् । मंगलवार बसेको संघको विशेष साधारणसभाले उपाध्यक्ष योगीलाई अध्यक्षमा बढुवा गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष नन्दराम वली, सचिवमा दलबहादुर नेगी, कोषाध्यक्षमा दिपककुमार वली, सहसचिवमा वीरेन्द्र लामा र सदस्यमा वालानाथ योगी तथा नरबहादुर शेर्पाली रहेका छन् । संघले सल्लाहकारमा इन्द्र रोका र सुदर्शन श्रेष्ठलाई चयन गरेको छभने कानुनी सल्लाहकारमा विद्याभूषण मानन्धरलाई पनि चयन गरेको छ ।
    संघका निवर्तमान अध्यक्ष वीरबहादुर रावत र सचिव पदम शाहीले मंगलवार राजीनामा पत्र दर्ता गराएपछि संघको विशेष साधारणसभा बसेको थियो । 

No comments:

Post a Comment