सुर्खेतमा ‘कि कसो’ प्रदर्शन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १९ असार ।
‘नगरौं बिहको कुरा भएको छैन बीस वर्ष पुरा’ भन्ने मूल नारासहित जिल्लाका विभिन्न स्थानहरुमा बालविवाह र लैंगिक हिंसाविरुद्धको सडक नाटक ‘कि कसो’ प्रदर्शन गरिएको छ ।
जिल्ला विकास समिति सुर्खेतको आर्थिक सहयोग तथा सप्तरंगी मोडल आर्टस प्रोडक्सनको प्रस्तुतीमा सडक नाटक प्रस्तुत गरिएको हो । सालकोट, लेकफर्सा, मैेनतडा, रामघाट र वीरेन्द्रनगर नगरपालिकामा नाटक प्रदर्शन गरिएको छ । लेखन उत्तम शर्माद्धारा लिखित उक्त नाटकको निर्देशन चिरञ्जीवी सापकोटा र बेदन थापाले गरेका थिए ।

No comments:

Post a Comment