नेतृत्वमा पुरुषसरह महिला सहभागिता बढ्दो

Bookmark and Share 
भक्तबहादुर शाही
दैलेख, १९ असार ।
    पछिल्लो समयमा भने सार्वजनिक काममा पुरुष सरह महिला पनि उपस्थित हुन थालेका छन् । महिलामा आएको जनचेतना र पुरुषले महिलालाई दिएको जिम्मेवारीले उनीहरुको बाक्लो उपस्थित हुने गरेको हो ।
    तालिम वैठकमासमेत उपस्थित हुन लजाउने महिलाको बाक्लो सहभागीताले जनचेतना जाग्दै आएको छ । केही सयम अगाडि घरायसी काममा महत्व राख्दै आएका गाउँका महिला भने सार्वजनिक काममा चासो दिंदै आएका छन् । पुरुषले घरको काममा सहयोग पुर्‍याइ दिएकाले विकास निर्माणमा महिलाको सहभागिता बढेको हो ।
    ‘पुरुषले हामीलाई काममा सहयोग गर्दैनथें, घरको काम छोडी आउन सकिदैंनथ्यो ।’ तर घरायसी काममा पुरुषले सहयोग गर्ने भएकाले विकास निर्माण र सभा समारोहमा जाने गरेको विशाला गाविसकी तुल्सा विकले जानकारी दिइन् । सडक निर्माण सिंचाई, पोखरी धारा निर्माणमा महिलाको सक्रियता बढ्दो छ  । महिला काममा गएकाले अधिकांश पुरुष घरमै वसेर बालबच्चाको हेरचाह गर्छन् ।
    गाउँघरमा हुने विकास निर्माण वैठक, सभा तालिम, विवाह, व्रतवन्धमा पुरुषको बाहुल्यता बढी नै देखिन्थ्यो  । तर अधिकांश पुरुषले घरायसी काम आफैले गरेर महिलालाई तालिम, वैठकमा पठाउने गरेका छन् । पुरुषमा जाग्दै आएको जनचेतना र महिलामा आएको खुकुलोपनाले विकास निर्माणमा बाक्लो उपस्थिति देखिन थालेको हो ।
    सामाजिक परिचालकद्वारा विभिन्न गाउँमा गठित सामुदायिक संस्था र आमा समूहले  महिला अधिकार सम्बन्धित तालिम जनचेतना जगाउँदै आएपछि उनीहरुको वाक्लो उपस्थिती हुन थालेको महिला अधिकार कर्मी राधा मल्लले दावी गरिन्  ।
    त्यस्तैगरी दुई जना पुरुषको अगाडि बोल्ने लजाउने लकान्द्र–९ की जानकी रावत गाउँघरमा बालबालिकालाई पोलियो थोपा, र गर्भवती महिलालाई आइरन चक्की दिई प्राथमिक उपचारमा लागिपरेकी छन् । लकान्द्र –९ की जानकी रावत मात्र होइन सात्तला गाविसकी गमता विक पनि छाउपडी प्रथा अन्यका लागि दिनरात खटिने गरेकी सामाजिक परिचालक पूर्णकुमारी थापाले बताइन् । ‘सात्तला गाविसका अधिकांश महिला छाउपडी भएको समयमा घरमा वस्न थालेकी छन्’ उनले भनिन्  ।
    सिगौडी गाविसकी लक्ष्मी शाही र सात्तला गाविसकी गमता विक र लकान्द्र गाविसका रुपा विक (थापा) छाउपडी अन्त्यका लागि अगोरात लागिपर्ने गरेको स्थानीय वुद्धिजिवी नामबहादुर शाहीले बताए ।
    ‘पहिला कसैले वैठकमा जाउँभन्दा काम छ भनेर जाँदैन थियौं’ केही थाहा पनि हुँदैन थियो । ‘वैठक तालिममा सहभागी हने हुँदा  पुरुषले समेत महिलाहरुलाई सोध्ने गरेको मैनकला शाहीले बताइन् । गाउँमा गठित महिला समूहले उमेर पुगेका बालबालिकालाई विद्यालय पठाउने घरआँगन सरसफाई राख्ने वनजंगल संरक्षण गर्ने जस्ता निर्णय गर्न थालेका छौं’ उनले जानकारी दिइन् । ‘हाम्रा कतिपय काममा पुरुषले नै सहयोग गरेर सफल भएका हौं,’ उनले भनिन्  ।

No comments:

Post a Comment