वैज्ञानिकहरुले कुकुरले मासु खानमात्र नभएर हड्डी चपाउनसमेत मरिहत्ते गर्नुको कारण पत्ता लगाएको दाबी गरेका छन् । क्यानडाका शोधकर्ताहरुले कुकुरको हड्डी चपाउने आदतका विषयमा वैज्ञानिक कारण पत्ता लगाएको दाबी गरेका हुन् । ओटावा सहरमा भएको क्रमविकास जीवविज्ञान विषयको सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै शोधकर्ता डाक्टर जोआओ मुनोज डोरानले झण्डै ८० लाख वर्ष पहिले शिकार पक्रिनका लागि कुकुरमा यो बानीको विकास भएको र विस्तारै–विस्तारै कुकुरमा शिकार गर्नेका साथै हड्डी चपाउने बानी वंशाणुगत गुणका रुपमा विकाश भएको बताए ।
डोरान तथा नेशनल युनिभर्सिटी अफ कोलम्बियाका सहयोगीहरुले कुकुरको वंश वृक्ष तयार गरेका छन् र त्यसको अरु ३ सय भन्दा बढी प्रजातिबीच सम्बन्ध स्थापित गरेका छन् । कुकुर प्रजातिहरुले समयक्रमसंगै पछि समूहमा शिकार गर्न थालेपछि सोही प्रकारका तिखा तथा शक्तिशाली दाँतको विकास भयो । यसले गर्दा उसको हाड चपाउने क्षमता झनै बढ्न पुग्यो । जंगली कुकुरका केही प्रजातिहरु मानिसहरुले घरमा पाल्न थाले । यसरी समग्र कुकुरका प्रजातिहरुमा विकसित भएका त्यस्तो दन्त संरचना तथा हाड चपाउने बानी घरपालुवा कुकुरहरुमा समेत यथावत रहन पुगेको हो । सोही वंशाणुगत गुणका कारण अहिलेपनि घरपालुवा कुकुरले मासु खान तथा हाड चपाउन निकै मन गर्दछ । यद्यपि कुकुरको विघ्न शिकारी चरित्रपनि हराउन थालिसकेको छ ।

No comments:
Post a Comment