बलिउड नायिका करिना कपुर आफूलाई नम्वर १ बनाउन बिभिन्न हर्कत अपनाउँछिन् भन्ने विश्लेषण भारतीय संचारमाध्यमले गर्ने गर्छन् । सुरुमा प्रस्ताव आएका सिनेमा खेल्छु भन्ने र अन्त्यमा बिभिन्न बहाना देखाउँदै करिनाले सिनेमा छोड्ने गरेको आरोप बेलाबेला लाग्ने गर्छ । यसरी छोड्नुको पछाडि करिनाले आफूलाई नम्वर १ को पोजिशनमा टिकाई राख्न गरेको हर्कत हो भन्ने धेरैको विश्लेषण छ । आफूले छोडेको सिनेमा मात्र अन्य नायिकाले खेल्न पाउने बजारमा समाचार जाँदा आफू सधैं माथि हुने करिनाको सोच रहेकै कारणले उनी सिनेमा खेल्ने बाचा गर्दै अन्त्यमा छोडिरहेकी छिन् । नेपालमा पनि एक नायक करिनाकै पथमा हिंडेको विश्लेषण गरिएको छ । नायक आर्यन सिग्देलपनि सुरुवातमा सिनेमा खेल्ने बाचा गर्दै अन्त्यमा छोडिरहेका छन् । उनले सिनेमा छोडेपछि त्यो सिनेमा अर्को नायकले खेल्ने त पक्का छँदैछ । यसरी आफूले सुरुवातमा खेल्छु भनेर पनि छोडेको सिनेमा अर्को नायकले खेल्दा आर्यन अन्य नायकभन्दा माथि देखिने पक्का छ ।
आर्यनले छोडेको सिनेमा मात्र अन्य उनका प्रतिस्पर्धी नायकले पाउँछन् भन्ने समाचार बजारमा जाँदा आर्यन अरु भन्दा चर्चित रहेको सन्देश दर्शकमाझ जान्छ । यसले गर्दापनि आर्यन सुरुवातमा सिनेमा खेल्छु भन्दै अन्त्यमा बिभिन्न बहाना देखाउँदै सिनेमा छोडिरहेका छन् । उनले यो वर्षमात्र दुईवटा सिनेमा नखेल्ने बताइसकेका छन् । यसरी सुरुवातमा खेल्ने सोचाई बोकेर अघि बढ्ने र बन्ने बेलामा छोड्ने आर्यनको बानीले उनी पनि बलिउड नायिका करिना कपुरकै पथमा हिंडेको विश्लेषण गर्नसकिन्छ । तर यस्तो बानीले आर्यनलाई फाइदा गर्छ या घाटा त्यो भने समयले नै देखाउनेछ ।
No comments:
Post a Comment