‘ज्वालादर्शन’को विमोचन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दैलेख, ७ साउन ।
    स्वतन्त्र र निर्भिक पत्रकारिता, समुन्नत विकासका लागि यर्थाथ समाचार’ मूल नाराका साथ दैलेखमा ‘ज्वालादर्शन’ दैनिक पत्रिकाको आइतवार विमोचन गरिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल  र पत्रकार महासंघका अध्यक्ष पुष्कर थापाले संयुक्तरुपमा पत्रिकाको विमोचन गरेका हुन् ।
    विमोचन कार्यक्रममा बोल्दै नेकपा एमाले अध्यक्ष अमरबहादुर थापाले पत्रिका प्रकाशित मात्र ठुलो कुरा नभई निरन्तरताको आवश्यक रहेको बताए । ‘विगतका दिनमा जिल्लामा थुप्रै पत्रिका प्रकाशित भए । केही महिनाभित्र बन्द भए, तर ज्वालादर्शन पत्रिकाका निरन्तरता देओस शुभकामना दिन  चाहन्छु,’ उनले भने ।
    यस्तै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष रामबहादुर थापाले पत्रिकाले असल काम गरेको कुरा बाहिर ल्याओस् तथ्यमा आधारित भएर आग्रह र पूर्वाग्रह नराखी समाचार प्रकाशित गरोस् भन्ने शुभेच्छा व्यक्त गरे ।  कार्यक्रममा प्रेस चौतारी केन्द्रीय सदस्य यज्ञराज थापा तथा सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधि समेतले शुभकामना मन्तव्य दिएका थिए ।
    पत्रिकाको प्रकाशक दिलबहादुर शाही, सम्पादक हिटलरसिंह राठौर र प्रधान सम्पादकमा भक्तबहादुर शाही रहेका छन् ।

No comments:

Post a Comment