काठमाडौं, ७ साउन ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चढ्दै करोडौं मूल्य पर्ने सरकारी गाडी फिर्ता गरेका छन् । शनिबार पार्टीको विस्तारित बैठकमा सरकारले दिएको महंगो गाडी नचढ्ने र लाजिम्पाटस्थित निबासमा नबस्ने घोषणा गरेका प्रचण्डले आइतबार गाडी फिर्ता गरेका हुन् । उनका सहयोगी शिव खकुरेलले प्रचण्डले चढ्दै गरेको बा ६ च १०२९ नम्बरको सेतो प्राण्डो प्रधानमन्त्रीको कार्यालयमा पुर्याएका छन् ।
प्रचण्डले अहिले पार्टीको मे १ च १६७३ नम्बरको गाडी प्रयोग गरेका छन् । खकुरेलका अनुसार अब माओवादी अध्यक्ष प्रचण्डले सरकारले पूर्वप्रधानमन्त्रीहरुलाई उपलब्ध गराउने सुविधा मात्र उपयोग गर्नेछन् । सरकारले हालै मात्र पूर्वराष्ट्रपति, प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई आबासगृह लगायतका सुविधा दिने निर्णय गरेको थियो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चढ्दै करोडौं मूल्य पर्ने सरकारी गाडी फिर्ता गरेका छन् । शनिबार पार्टीको विस्तारित बैठकमा सरकारले दिएको महंगो गाडी नचढ्ने र लाजिम्पाटस्थित निबासमा नबस्ने घोषणा गरेका प्रचण्डले आइतबार गाडी फिर्ता गरेका हुन् । उनका सहयोगी शिव खकुरेलले प्रचण्डले चढ्दै गरेको बा ६ च १०२९ नम्बरको सेतो प्राण्डो प्रधानमन्त्रीको कार्यालयमा पुर्याएका छन् ।

No comments:
Post a Comment