काठमाडौं, ७ साउन ।
सरकारले कर्णालीको शैक्षिक अवस्थामा सुधार ल्याउन त्यहाँका माथिल्लो (हिमाली) क्षेत्रका सामुदायिक विद्यालयहरूलाई गाभेर ठूला आवासीय विद्यालय बनाउने भएको छ । एकीकृत कर्णाली समूहद्वारा यहाँ आयोजित ‘कर्णालीका शिक्षाका चुनौती र नयाँ रणनीति’ विषयक छलफल कार्यक्रममा शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले सो क्षेत्रमा आवासीय विद्यालयका लागि योजना बनिसकेको बताए ।
सरकारले हालै कार्यान्वयनमा ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रममा सरकारी–निजी साझेदारीको अवधारणा पनि मिसाएर आवासीय विद्यालय बनाउन सकिए शिक्षक विद्यार्थीको अनुपात व्यवस्थित हुने शर्माको भनाइ छ । कर्णालीमा पाँच विद्यार्थीका लागि एक शिक्षकसमेत भएको तर पनि शिक्षकले नपढाएको गुनासो आएको सन्दर्भमा सरकारले अब कडाइका साथ त्यस्तो प्रवृत्ति अन्त्य गर्ने शर्माले बताए ।सरकारले कर्णालीको शैक्षिक अवस्थामा सुधार ल्याउन त्यहाँका माथिल्लो (हिमाली) क्षेत्रका सामुदायिक विद्यालयहरूलाई गाभेर ठूला आवासीय विद्यालय बनाउने भएको छ । एकीकृत कर्णाली समूहद्वारा यहाँ आयोजित ‘कर्णालीका शिक्षाका चुनौती र नयाँ रणनीति’ विषयक छलफल कार्यक्रममा शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले सो क्षेत्रमा आवासीय विद्यालयका लागि योजना बनिसकेको बताए ।
कार्यक्रममा शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष राजेन्द्र बरालले कर्णालीका लागि व्यावसायिक र पर्यटकीय शिक्षाको आवश्यक रहेको जनाउँदै त्यहाँका विद्यार्थीलाई विदेशमा पढ्न जाने कोटामा प्राथमिकता दिन आफूहरू तयार रहेको बताए ।
अर्का वक्ता डा. नन्दबहादुर सिंहले स्थानीय शिक्षकले नपढाउनु नै कर्णालीको शिक्षाका लागि चुनौती भएको बताए । त्रिभुवन विश्वविद्यालयका योजना महाशाखाका पूर्व प्रमुख हिरेन्द्रमान प्रधानले एकीकृत योजनाका साथ कर्णालीको विकास गर्नुपर्नेमा जोड दिए ।
No comments:
Post a Comment