काठमाडौं, ३ साउन ।
विद्युतीय उपकरणहरूको बोलबाला बढिरहेको आजको युगमा अब विद्युतीय चुरोटको समेत आविष्कार भएको छ । सुर्तीजन्य चुरोटले जस्तो स्वास्थ्यमा गम्भीर असर नपार्ने र चुरोटको लत छुटाउनसमेत मद्दत गर्ने दावी गरिएको चुरोटका रूपमा विद्युतीय (इ–चुरोट) नेपाली बजारमा आएको छ । मोबाइल जस्तै बिजुलीमा रिचार्ज गरेर पिउन सकिने भएकाले यसलाई इ–चुरोट नाम दिइएको बताइएको छ ।
ओपल नेपालले भित्राएको एउटा इ–चुरोटलाई रिचार्ज गरेर हजारौंपटक सेवन गर्न सकिने सो संस्थाका अध्यक्ष डा. सञ्जय साहले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । साहका अनुसार इ–चुरोट चार्ज गर्न मिल्ने र नमिल्ने दुई रूपमा नेपाली बजारमा उपलब्ध छभने चार्ज गर्ने चुरोटबाट १ हजार ५ सय सर्को र चार्ज गर्न नमिल्नेबाट ५ सय सर्को तान्न सकिन्छ । विद्युतीय उपकरणहरूको बोलबाला बढिरहेको आजको युगमा अब विद्युतीय चुरोटको समेत आविष्कार भएको छ । सुर्तीजन्य चुरोटले जस्तो स्वास्थ्यमा गम्भीर असर नपार्ने र चुरोटको लत छुटाउनसमेत मद्दत गर्ने दावी गरिएको चुरोटका रूपमा विद्युतीय (इ–चुरोट) नेपाली बजारमा आएको छ । मोबाइल जस्तै बिजुलीमा रिचार्ज गरेर पिउन सकिने भएकाले यसलाई इ–चुरोट नाम दिइएको बताइएको छ ।
मार्लबोरो, मेन्थोल, स्ट्रबेरी, भेनिला, कफी आदि स्वादमा उपलब्ध ई–चुरोटलाई विभिन्न स्तरको मात्रामा प्रस्तुत गरिएको छ । जसलाई क्रमश: प्रयोग गर्दै धुम्रपानको लत घटाउन सकिने अध्यक्ष साहले जानकारी दिए । सामान्य चुरोटमा ४ हजारभन्दा बढी हानीकारक तत्व हुने गरेकोमा ई–चुरोटमा इथानोल, प्रोपायल, ग्लीसरोल, निकोटिनसहितका २० वटा मात्र तत्व रहने र यसले सामान्य चुरोटसरह सन्तुष्टि दिने जनाइएको छ । एक खिल्ली ई–चुरोटको मूल्य रु. १६ सय पर्ने बताइएको छ ।
अध्यक्ष डा. साहको दावी छ, ‘ई–चुरोट जीवनरक्षक (लाइफ सेभिङ डिभाइस) हो, यो जता प्रयोग गरेपनि हुन्छ । यो चुरोटबाट धुँवा आउँछ तर मुखबाट निस्कनासाथ हराउँछ, त्यसले कसैलाई पनि असर
पार्दैन ।’ यसैबीच सो कम्पनीले नेपालको लोडसेडिङको ठूलो समस्यालाई ध्यानमा राखेर सीएफएल दुई गुणा कम विद्युत खपत गर्ने, दुई गुणा बढी उज्यालो दिने लेड बिजुली बल्ब पनि बजारमा भित्राएको जनाएको छ । ३ र ५ वाट क्षमताका ती बल्ब कम विद्युत खपत र बढी उज्यालोसहित कम भोल्टेजमा समेत उत्तिकै प्रकाश दिने विशेषता रहेको भन्दै अध्यक्ष डा. साहले ति बल्ब नष्ट गर्दा पनि हानीकारक परावैजनी किरण नफाल्ने र तर अन्य सिएफएल बल्बले भने नष्ट गर्दा २ सय मिटरसम्म क्यान्सरको कारक बन्ने किरण फाल्ने गरेको जानकारी दिए ।
कम्पनीले रु. ४ सय ५० देखि रु ६ सय ५० सम्म मूल्य पर्ने ति बल्बमा १८ महिनाको फेरिदिने (रिप्लेसमेन्ट वारेन्टी) दिएको छ भने एउटा बल्ब कम्तीमा पनि ५/६ वर्षभन्दा बढी समय चल्ने जनाइएको छ ।

No comments:
Post a Comment