सुर्खेत, २५ असार ।
कर्मचारी अभाव हुँदा राष्ट्रिय बाणिज्य बैंक सुर्खेतमा दैनिक बैकिङ कारोबार सञ्चालनमा समस्या भएको छ । दैनिक एक हजार जनाको संख्यामा आउने ग्राहकबाट करिब साढे ३ करोड रुपैयाँ कारोबार हुने बाणिज्य बैंकमा ९ जना कर्मचारीले सेवा दिंदा विहानदेखि साँझसम्म भीड लाग्ने गरेको छ ।
बैंकका लागि कर्मचारी आवश्यक भएको कुरा केन्द्रमा पटक–पटक जानकारी गराउँदा समेत व्यवस्था हुन नसक्दा उपलब्ध कर्मचारीद्वारा सेवा पुर्याउन भ्याइनभ्याइ भएको बाणिज्य बैंक सुर्खेतका प्रबन्धक यज्ञबहादुर बस्नेतले बताए । उनले भने, ‘कर्मचारी माग गर्दा केन्द्रले पठाएन, भीडमै सेवा दिन समस्या भएको छ’ उनले भने, ‘बैकका लागि आवश्यक थप दुईजना कर्मचारी माग गरेको धेरै समय वित्यो, तर व्यवस्था हुन सकेन ।’कर्मचारी अभाव हुँदा राष्ट्रिय बाणिज्य बैंक सुर्खेतमा दैनिक बैकिङ कारोबार सञ्चालनमा समस्या भएको छ । दैनिक एक हजार जनाको संख्यामा आउने ग्राहकबाट करिब साढे ३ करोड रुपैयाँ कारोबार हुने बाणिज्य बैंकमा ९ जना कर्मचारीले सेवा दिंदा विहानदेखि साँझसम्म भीड लाग्ने गरेको छ ।
स्थानीयस्तरमा सञ्चालित १२ वटा अन्य बैकलाई नोट कोष सुविधा उपलब्ध गराउने काम गर्ने बाणिज्य बैंकमा ३५ हजार बचत खाता, ५ सय कर्जा खाता बाहेक सरकारी कार्यालय तथा गैरसरकारी संस्थालाई सेवा प्रवाह गर्दै आएको प्रबन्धक बस्नेतलेबताए । उनले भने, ‘ग्राहक धेरै छन्, कर्मचारी घट्दै जान्छन्, तर थपिंदैनन् ।’
स्थानीय मात्र नभई अनलाइन सेवा सञ्चालन गरेका कारण पहाडी जिल्लाका चेक सुर्खेतमै साट्ने हुनाले थप चाप बढेको प्रबन्धक बस्नेतको भनाइ छ । थोरै कर्मचारीबाट दैनिक कारोबार सञ्चालन गर्दै आएको बाणिज्य बैंकमा असार मसान्तको वेलामा छिर्ने ठाउँ समेत छैन ।
देशभरीमा छैठांै नम्बरमा रहेको बाणिज्य बैंक सुर्खेतमा ग्राहकका लागि सुविधा भने व्यवस्था गर्न सकेको छैन् । भीडमा अत्यास लाग्दो गरी लाइन बस्नुपर्ने स्थानमा एसि राखिएको छैन, सुरक्षा गतिविधि जानकारी राख्न सिसी क्यामरापनि जडान गरिएको छैन । बैंकबाट ४० करोड ऋण लगानी हुनुका साथै ८५ करोड निक्षेप संकलन गरेको प्रबन्धक बस्नेतले जनाएका छन् । उनका अनुसार बैंकले विगत दुई महिनादेखि सञ्चालनमा आएको एटिएम सेवा ७ सय जनाले प्रयोग गरेका छन ।
No comments:
Post a Comment