आठ वर्षपछि रातो पहिरन

Bookmark and Share 
भक्तबहादुर शाही
दैलेख, २५ असार ।
    पूर्वी दैलेखको वेलपाटा –२ की ६० वर्षीया गंगा हिरोजक (सार्की) ले श्रीमान वितेको आठ वर्षपछि रातो पहिरहन लगाउने गरेकी छन् । जुन २३ तारिखबाट नेपालमा मनाउन सुरु गरिएको अन्तर्राष्ट्रिय एकल महिला  दिवसमा उनले रातो सारी, टिका सिन्दुर पहिरिएकी हुन् । ‘जिल्लामा एकल महिला दिवस मनाउन आउ भने, हामी पनि गयौं, सबैले लगाए मैले पनि पनि नाई भनिन’ गंगाले बताइन् । पैसा कमाउन भारतको सुरत गएका श्रीमान टिकाराम हिरोजकको ८ वर्षअघि मदिरा सेवनबाट मृत्यु भएको थियो । टिकाराम सुरत शहरको एक होटलमा कुकको रुपमा काम गर्दै आएका थिए ।
    १५ वर्षअघि पैसा कमाउन भारत गएका श्रीमानको ७ वर्षपछि मृत्युको खबर पाएको उनले बताइन् । ‘२०६१ सालमा फोटोसहित मृत्युको खबर आफन्तले ल्याए ।
    अझै पनि श्रीमान् आउँछ कि भन्ने आशा लागिरहन्छ’ गहभरी आँशु निकाल्दै उनले भनिन् । रातो पहिरनमा आउँदा पहिले गाँउमा मेरो नानाथरि  कुरा काटथे, ५/६ जना महिलाले सल्लाह गरी संगै छाडेपछि सामुदायिक संस्थामा अन्य एकल महिला सदस्यले पनि लगाउने गरेको उनको भनाइ रहेको छ ।
    श्रीमान गुमाएर एक्लै वस्न बाध्य भएका महिलाहरु र उनीहरुको पालनपोषण गुनपर्ने, बालबच्चाको समस्याको पहिचान गरी राहत तथा गरिवी कर्म गर्ने उद्देश्यले राष्ट्रसंघको आव्हानमा एकल महिला दिवस नेपालमा पनि एकल महिला दिवस मनाउन लागिएको जिल्ला अध्यक्ष रिन पोखरेलले बताइन् ।  ‘समाजमा अझैपनि विधवा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएकाले महिला हिंसाका घटनामा न्यूनिकरण गर्नका लागि रातो पहिरहन अनिवार्य भएको हो’ उनले भनिन् ।
    पुरानो परम्परा विधवाहरुले रातो टिका सारी श्रीमान्को मृत्युपछि गुम्ने गरेको लकान्द्रकी ६५ वर्षीया विष्णुकला शाहीले बताइन् । विवाह भएपछि मात्र लगाइने श्रीमानको मृत्यु संगै हराउँछन् उनले
भनिन् । रातो साडी र टिका लगाएमा नराम्रो महिला भनेर हेला गर्ने डरले नलगाउने गरेको हो ।
    जिल्ला सदरमुकामका आसपासका गाविसमा रातो विधवाले रातो पहिरन लगाए पनि ग्रामीण भेगका महिलाहरु सेतो कपडामा सजिने गरेकी छन् । ग्रामीण भेगमा श्रीमान्को मृत्यु भइसकेपछि रातो कपडा लगाउनु भनेको अपमान जस्तै भएको चामुण्डा –७ देवसरा शाहीले बताइन् ।

No comments:

Post a Comment