पाप मुक्तिको प्रमाणपत्र !

    मानिसहरु पूण्य कमाउ चारधाम तथा तीर्थ जाने गर्छन् । कोही आफ्नो पाम मोचनका लागि भन्दै धार्मिक स्थलहरुको यात्रामा निस्कछन् भने कोही गंगामा स्थान गर्छन् । के यसरी धार्मिक स्थलहरुको भ्रमण गर्दैमा कथित पापबाट मुक्ति पाइन्छ त ? भारतको राजस्थानमा गौतमेश्वर यस्तो तीर्थ हो, जहाँ मन्दाकिनी कुण्डमा डुबुल्की मारेपछि तपाईको हातमा ‘पाप मुक्ति प्रमाण पत्र’ हुनेछ । श्रद्धालुहरु आउँछन्, आफ्नो गल्तीहरुको प्रयश्चित गर्छ र पुजारीले प्रमाण पत्र दिन्छन् ।
भौगोलिक स्थितिका कारण राजस्थान मध्यप्रदेश र गुजरातलाई त्रिकोण बनाउने यो मन्दिर जयपुरबाट करिव साढे ४ सय किलोमिटर टाढा आदिवासी बाहुल्य प्रतापगढ जिल्लामा पर्दछ । त्यहाँ रहेको मर्दाकिनी कुण्डको जललाई गंगा जस्तै पवित्र मानिन्छ । महऋर्षि गौतमलाई आफूमाथि लागेको गौहत्या आरोपबाट मुक्ति मिलेको जनविश्वासका साथ मानिसहरुआफ्नो पाममोचनका लागि यहाँ जाने पर्छन् । मन्दिरका पुजारीले पापमोचनका लागि आउनेहरु अधिकांश आम सर्वसाधारण छन् । पाम मुक्ति प्रमाणका लागि भारु १५ रुपैयाँ तिर्नुपर्छ । त्यसमध्ये १० रुपैयाँ दोष निवारणका लागि हो ।

No comments:

Post a Comment