सौता भन्ने शब्द महिलाहरुको लागि सबैभन्दा अप्रिय शव्द हो भनिन्छ । शव्द नै यति अप्रिय हुन्छ भने सौता भन्ने मान्छे कति अप्रिय हुन्छ होला ? त्यसैले महिलाको लागि सौता भित्रिनु वा कसैको सौता बन्न जानु अवश्यपनि प्रिय कुरा हुनै सक्दैन । तर अप्रिय भएपनि कतिपय महिला राजिखुसीले त कतिपय बाध्यताले पनि सौता बन्न वा सौता भित्राउन बाध्य हुन्छन् । सेलिब्रेटीहरुको हकमा भने बाध्यता भन्दा रहरले सौता बन्न जाने चलन बढी हुन्छ । बलिउड फिल्म उद्योगमा पनि त्यस्ता धेरै हिरोइनहरु छन् जसले विवाहित पुरुषहरुसंग बिहे गरेर सौता बन्न गए ।
यहाँ त्यस्ता १० जना हिरोइनको नाम प्रस्तुत गरिएको छ :१. हेमा मालिनी: उनले अभिनेता धर्मेन्द्रसंग बिहे गरेकी छिन्, जबकी धर्मेन्द्रले पहिलो पत्नीको रुपमा प्रकाश कौरलाई भित्राएका थिए ।
२.करिश्मा कपूर: करिश्मा कपूर पनि विवाहित पुरुषसंगै विवाह गर्ने नायिका हुन् । दिल्लीका उद्योगपछि संजय कपूरसंग उनको बिहे भयो । संजयकी पहिलो श्रीमती नन्दिता हुन् ।
३.लारा दत्त: उनले टेनिस स्टार महेश भूपतिसंग बिहे गरेकी छिन् । महेशले पहिलो बिहे मोडेल श्वेता जयशंकरसंग गरेका थिए ।
४.शिल्पा शेट्टी: कुमार केटो फेला पार्न नसक्ने हिरोइनमा शिल्पा सेट्टी पनि पर्छिन् । उनले पनि बिहे गरिसकेका राज कुन्द्रासंग बिहे गरेर बच्चा समेत पाइसकेकी छिन् ।
५.महिमा चौधरी: महिमा पनि इन्जिनियर बबी मुखर्जीकी दोस्रो श्रीमती बनेर भित्रिएकी हुन् ।
६.रविना टण्डन: पहिलो श्रीमतीको रुपमा नताशा सिप्पीलाई भित्राएका फिल्म वितरक अनिल थडानीसंग बिहे गरेकी रविना पनि विवाहित पुरुषसंग झ्याँइ पार्ने हिरोइनमा पर्छिन् ।
७.शबाना आजमी: जावेद अख्तरसंग बिहे गरेकी शबाना पनि सोही कोटीमा पर्छिन् । जावेदकी पहिलो श्रीमती हनी इरानी हुन् ।
८.जयाप्रदा: उनले श्रीकान्त नाहटाकी दोस्री श्रीमती बनेर भित्रिइन्, जबकी श्रीकान्तकी पहिलो श्रीमती चन्द्रा थिइन् ।
९.श्रीदेवी: निर्माता बोनी कपूरको दोस्रो श्रीमती बनेर भित्रिएकी श्रीदेवीकी सौता मोनाको हालैमात्र निधन भएको छ ।
१०.स्मिता पाटिल: स्वर्गीय स्मिता पाटिलले राज बब्बरसंग बिहे गरेकी थिइन् । स्मरण रहोस् राजले पहिलो विवाह नादिरासंग गरेका थिए ।

No comments:
Post a Comment