जाजरकोट, २९ असार ।
द्वन्द्वपीडितको लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट आएको ६२ लाख रुपैयाँ फ्रिज भएको छ । कार्यक्रम संचालनका लागि गठन गर्नुपर्ने समिति दलीय विवादका कारण गठन हुन नसकेपछि रकम फ्रिज भएको हो । दुई पटकसम्म समिति गठनका लागि द्वन्द्वपीडितहरु को भेला गरेर समिति गठन गर्ने प्रयास गर्दा पनि दलीय हस्तक्षेप र विवादले समिति गठन हुन नसक्दा रकम फ्रिज हुन पुगेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतमणि पोखरेल बताउँछन् ।
द्वन्द्वपीडितहरुका लागि क्षमता विकास तथा आयआर्जनमा सहयोग पुर्याउन शान्ति मन्त्रालयले कृषि विभागमार्फत गतवर्षको मंसिरदेखि संचालन गर्ने गरी कार्यक्रमको अख्तियारी पठाएपनि समिति गठनमा आफ्नो पार्टीको मान्छे राख्नुपर्ने दलीय विवादले रकम फ्रिज हुन पुगेको जिल्ला कृषि विकास कार्यालय का प्रमुख पोखरेल वताउँछन् । द्वन्द्वपीडितको लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट आएको ६२ लाख रुपैयाँ फ्रिज भएको छ । कार्यक्रम संचालनका लागि गठन गर्नुपर्ने समिति दलीय विवादका कारण गठन हुन नसकेपछि रकम फ्रिज भएको हो । दुई पटकसम्म समिति गठनका लागि द्वन्द्वपीडितहरु को भेला गरेर समिति गठन गर्ने प्रयास गर्दा पनि दलीय हस्तक्षेप र विवादले समिति गठन हुन नसक्दा रकम फ्रिज हुन पुगेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतमणि पोखरेल बताउँछन् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा ३१ लाखका दरले आएको ६२ लाख रकम आएको थियो । गत वैशाख ७ गते जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा भएको द्वन्द्वपीडितको भेलाले गठन गरेको समितिमा माओवादीको आन्तरिक विवाद र नेपाली कांग्रेसको विरोधका कारण समिति विघटन गरिएको थियो ।
त्यसपछि वैशाख २१ गते दोस्रो पटकको भेलामा पनि त्यस्तै कारणले समिति गठन हुन नसकेपछि जिल्लामा वसेको सर्वदलीय समितिले समिति गठन गर्ने निर्णय गरेपनि विवाद मिल्न नसकेपछि समस्या आएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाजलले वताए । गाउँमा गएर समिति गठन गर्ने समय नभएको भन्दै जिल्ला सदरमुकाममा वसेको सर्वदलीय वैठकले निर्वाचन क्षेत्र नं १ मा माओवादीको र २ नं.मा नेपाली कांग्रेसको संयोजक वनाउने निर्णय गरेर सदस्यहरुमा पनि भागवण्डा भएको थियो । सदरमुकामा गठन भएको समिति अवैध भएको भन्दै नेपाली कांग्रेसका महासमिति सदस्य यज्ञवहादुर खत्रीले विरोध जनाएपछि विवाद झन् वढेको हो ।
No comments:
Post a Comment