क्याम्पस प्रमुख नियुक्त गर्न माग

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ असार ।
    संयुक्त विद्यार्थी संघर्ष समिति वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतले क्याम्पस प्रमुखको तत्काल नियुक्ति गर्नुपर्ने मागसहित जिल्लास्थित दलहरुको ध्यानाकर्षण गराएको छ । स्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेक्राविसंघ र अखिल छैठौंले शुक्रवार दलका कार्यालय पुगी सो ध्यानाकर्षण गराएका हुन् ।
    उनीहरुले विश्वविद्यालय अनुदान आयोगको कार्यक्रमलाई मध्यनजर गर्दै छिटो खरिद निर्माण उपसमिति गठन गर्नुपर्ने, साउन १ गतेदेखि क्याम्पसको नियमित पठनपाठन गर्नुपर्ने, सम्बन्धित विषयका प्राध्यापकहरु नभएकोले आन्तरिक वा खुल्ला प्रतिस्पर्धाद्वारा आवश्यक दरवन्दी सिर्जना तत्काल गर्नुपर्नेलगायतका मागहरु समितिले अगाडि सारेको छ । 

No comments:

Post a Comment