नेपालगन्ज, ७ साउन ।
बाँके जिल्ला औलो रोगको उच्च जोखिममा रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । सन् २००६ मा जिल्लाको फत्तेपुर, गंगापुर र होलियामा महामारीका रूपमा कडा खालको औलोको संक्रमण फैलँदा ३३ जनाको मृत्यु भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा विगतका वर्षमा औलौ रोगको बढी जोखिममा रहेका गाउँमा नि:शुल्क झुल वितरण गरेको थियो । तर, झुल वितरण कार्यले निरन्तरता नपाउँदा गत वर्षदेखि यस जिल्लामा औलोका बिरामीको संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लले बताए ।
यस वर्ष मात्रै जिल्लामा कडा खालको औलो अर्थात प्लाजमोडियम फाल्सिफारम तथा प्लाजमोडियम भाइबेक्सका १५ बिरामी भेटिनुले महामारीको सम्भावनालाई नकार्न नसकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । कडा खालको औलौ संक्रमण भएका बिरामीमा एक्कासि ज्वरो आउने, शरीर कााप्ने र बान्ता हुनेजस्ता लक्षण देखिने चिकित्सकले बताएका छन् । बाँके जिल्ला औलो रोगको उच्च जोखिममा रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । सन् २००६ मा जिल्लाको फत्तेपुर, गंगापुर र होलियामा महामारीका रूपमा कडा खालको औलोको संक्रमण फैलँदा ३३ जनाको मृत्यु भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा विगतका वर्षमा औलौ रोगको बढी जोखिममा रहेका गाउँमा नि:शुल्क झुल वितरण गरेको थियो । तर, झुल वितरण कार्यले निरन्तरता नपाउँदा गत वर्षदेखि यस जिल्लामा औलोका बिरामीको संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लले बताए ।
No comments:
Post a Comment