सुर्खेत, २६ असार ।
सुर्खेतका महिलाहरुले अव राजनीतिमा ५० प्रतिशत अधिकार पाउनका लागि लडाईं लड्नुपर्ने बताएका छन् । राजनीतिमा ३३ प्रतिशत आरक्षण भनिएपनि कुनैपनि दलहरुले भनेअनुसार नगरेकोले अबको लडाई ५० प्रतिशत अधिकारका लागि लड्नुपर्ने उनीहरुको भनाइ छ ।
अन्तरपार्टी महिला संजाल सुर्खेतले मंगलवार आयोजना गरेको राजनीतिमा ३३ प्रतिशत महिला आरक्षण, अवसर र चुनौती विषयक अन्तरक्रियाका सहभागीहरुले ५१ प्रतिशत महिलाहरुलाई ३३ प्रतिशत आरक्षण दिएपनि पूरा हुन नसकेकोले अव ५० प्रतिशतका लागि लड्नुपर्ने बताएका थिए । राजनीतिक दलहरुले अहिले दिएको ३३ प्रतिशत आरक्षण नाममात्रैको भएको दावी गर्दै उनीहरुले ५० प्रतिशत लिन तयार हुनुपर्ने जिकिर गरे ।
नेपालका राजनीतिक दलहरुले विगतदेखि अहिलेसम्म महिलाहरुलाई सधैं पछाडि पारेको उल्लेख गर्दै निर्वाचनका बेलापनि ३३ प्रतिशत पुर्याउन सकेका छैनन् । अधिवक्ता रमा प्याकुरेलले कार्यपत्र प्रस्तुत गर्दै २०४८, २०६५ को आमनिर्वाचन महिलाहरुलाई राजनीतिमा न्यूनरुपमा सक्रिय बनाएको तर २०६४ को संविधानसभाको निर्वाचनमा सक्रिय बनाएपनि त्यो अपर्याप्त रहेको बताइन् । महिलाहरुको सहनशीलता बढी तर सक्रियता कम, पितृ सत्तात्मक सोच, महिलाहरु अरुको निर्णयमा भर पर्नुलगायतका कारणले राजनीतिमा पछि परेको कार्यपत्रमा उल्लेख छ । सुर्खेतका महिलाहरुले अव राजनीतिमा ५० प्रतिशत अधिकार पाउनका लागि लडाईं लड्नुपर्ने बताएका छन् । राजनीतिमा ३३ प्रतिशत आरक्षण भनिएपनि कुनैपनि दलहरुले भनेअनुसार नगरेकोले अबको लडाई ५० प्रतिशत अधिकारका लागि लड्नुपर्ने उनीहरुको भनाइ छ ।
अन्तरपार्टी महिला संजाल सुर्खेतले मंगलवार आयोजना गरेको राजनीतिमा ३३ प्रतिशत महिला आरक्षण, अवसर र चुनौती विषयक अन्तरक्रियाका सहभागीहरुले ५१ प्रतिशत महिलाहरुलाई ३३ प्रतिशत आरक्षण दिएपनि पूरा हुन नसकेकोले अव ५० प्रतिशतका लागि लड्नुपर्ने बताएका थिए । राजनीतिक दलहरुले अहिले दिएको ३३ प्रतिशत आरक्षण नाममात्रैको भएको दावी गर्दै उनीहरुले ५० प्रतिशत लिन तयार हुनुपर्ने जिकिर गरे ।
यद्यपि ३३ प्रतिशत भएपनि महिलाहरुका लागि सुखद सुरुवात भएकोले अव ५० प्रतिशतको लडाईं लड्नुपर्ने कार्यपत्रमा जनाइएको छ । कार्यक्रममा जिविसका योजना अनुगमन अधिकृत कृष्ण खरेल, नेपाली कांग्रेसका कमलराज रेग्मी, नेकपा–माओवादीका इन्चार्ज मंगल विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालगायत महिलाहरु राजनीतिमा सरिक हुन इच्छाशक्ति हुनुपर्ने, ३३ प्रतिशतको आरक्षणबाट केही भएपनि अधिकार प्राप्त भएको बताएका थिए । कार्यक्रम संजालका अध्यक्ष रामकुमारी थापाको सभापतित्वमा भएको थियो ।
No comments:
Post a Comment