श्रीमानले नै श्रीमतीको नागरिकता बनाउन सहयोग गर्दैनन्

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ असार ।
    नेपाल पीडित समुदाय संरक्षण केन्द्र सुर्खेतले नागरिकता नबनाएकामध्ये साढे १४ सय जनालाई नागरिकता बनाउन सहयोग गरेको छ । शुक्रवार एक छलफल कार्यक्रममा संस्थाले एक बर्षको अवधिमा सुर्खेतका घुमखहरे, सहारे, मेहेलकुना, मैनतडा, गुमी, दहचौर, लेखपराजुल र छिन्चु गाविसका नागरिकता बनाएका उनीहरुलाई नागरिकता बनाउन सहयोग गरेको जानकारी दिइएको हो ।
संस्थाद्वारा संचालित हिमाली र पहाडी जिल्लाका नागरिकताविहीन व्यक्तिहरुको लागि सहयोग परियोजना अन्तर्गत ती गाविसहरुमा १८ सय जना नागरिकताविहीन व्यक्तिहरुको पहिचान भएको, २८ सय ३५ जनालाई परामर्श सेवा दिइएको परियोजना संयोजक नारायण विकले बताए । उनले २ सय ३५ जना महिलाहरुलाई उनीहरुका श्रीमानले नागरिक बनाउन सहयोग नगरेको, ४ सय ६५ जनासंग नागरिकता बनाउने तीन पुस्ते प्रमाण नभएको, ८ सय ६४ जनाले जानकारी नै नपाएर नागरिकता नबनाएको पाइएको बताए ।
    नागरिकता नभएकोले राजनीति अधिकारको उल्लंघन भएको, स्थानीय समूह तथा सहकारीबाट ऋण पाउन नसकेकोले गरिवी बढ्दै गएको, एकै देशका दोस्रो दर्जाको नागरिक भएको, रोजगारीबाट बञ्चित भएको समस्या उनीहरुले भोग्नपुरेको छ । श्रीमानले नै श्रीमतीको नागरिकता बनाउन सहयोग नगरेको ती गाविसमा पाइएको छ ।

No comments:

Post a Comment