सुर्खेत, २९ असार ।
सुर्खेतका हरि विष्टले निकालेको ‘विछोडमा’ नामको गीति एल्वम मनोनयनमा परेको छ । म्युजिक खवर अवार्ड–२०१२ का लागि उनको गीत ४ वटा विधामा मनोनयनमा परेको छ । मनोनयनमा परेका विधामा वर्षको उत्कृष्ट एल्वम, उत्कृष्ट भिडियो, उत्कृष्ट ध्वनि सम्पादन र उत्कृष्ट रचना रहेका छन् । आधुनिक, लोक आधुनिक, झ्याउरे, स्वदेश गान जस्ता सवैथरीका उनका गीतमा चर्चित कलाकारहरु राजेशपायल राई, अर्जुन सोनाम, जुनु रिजाल, टिका पुनलगायतले स्वर दिएका छन्भने सुर्खेतकै यज्ञ गिरी, वीवी अनुरागीले संगीत दिएका छन । मनोनयनको नतिजा आगामी साउन २४ मा सार्वजनिक गरिने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विष्टले जानकारी दिए ।
२० प्रतिशत भोटिङ र ८० प्रतिशत निर्णायकले मूल्यांकन गर्ने उक्त अवार्डका लागि आफू अहिले जिल्ला दौडाहामा लागेको उनले बताए । उनले आफू छिट्टै अर्को गीति एल्बम निकाल्ने तयारीमा रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिए । सुर्खेतका हरि विष्टले निकालेको ‘विछोडमा’ नामको गीति एल्वम मनोनयनमा परेको छ । म्युजिक खवर अवार्ड–२०१२ का लागि उनको गीत ४ वटा विधामा मनोनयनमा परेको छ । मनोनयनमा परेका विधामा वर्षको उत्कृष्ट एल्वम, उत्कृष्ट भिडियो, उत्कृष्ट ध्वनि सम्पादन र उत्कृष्ट रचना रहेका छन् । आधुनिक, लोक आधुनिक, झ्याउरे, स्वदेश गान जस्ता सवैथरीका उनका गीतमा चर्चित कलाकारहरु राजेशपायल राई, अर्जुन सोनाम, जुनु रिजाल, टिका पुनलगायतले स्वर दिएका छन्भने सुर्खेतकै यज्ञ गिरी, वीवी अनुरागीले संगीत दिएका छन । मनोनयनको नतिजा आगामी साउन २४ मा सार्वजनिक गरिने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विष्टले जानकारी दिए ।
No comments:
Post a Comment