सुर्खेत, २३ असार ।
सुर्खेत सञ्चार विकास मञ्चको चौथो साधारणसभा शनिवार सम्पन्न भएको छ । सभामा विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्न सुझाव समेत दिइएको छ । सभामा जिल्ला विकास समिति सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लले काम गर्दा कमीकमजोरी भएपनि त्यसलाई आगामी दिनमा सुधार्दै लैजान सुझाव दिए । रेडियो सुर्खेत एफएम बोर्डका अध्यक्ष पीताम्बर ढकालले संस्था चलाउँदा नाफामुखी मात्रै नभएर सामाजिकमुखी पनि हुनुपर्ने धारणा राखे ।
संस्थालाई गतिशील बनाउन पनि उनले सुझाव दिए । यस्तै उपाध्यक्ष विष्णु बहादुर खड्काले सम्पूर्ण शेयर सदस्यहरुले पनि संस्थालाई अगाडि बढाउनका लागि जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा जोड दिए । सुर्खेत सञ्चार विकास मञ्चको चौथो साधारणसभा शनिवार सम्पन्न भएको छ । सभामा विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्न सुझाव समेत दिइएको छ । सभामा जिल्ला विकास समिति सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लले काम गर्दा कमीकमजोरी भएपनि त्यसलाई आगामी दिनमा सुधार्दै लैजान सुझाव दिए । रेडियो सुर्खेत एफएम बोर्डका अध्यक्ष पीताम्बर ढकालले संस्था चलाउँदा नाफामुखी मात्रै नभएर सामाजिकमुखी पनि हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, देवकुमार सुवेदी, हरिश गुप्ता, जानकी सिंह, धर्मराज सगिरीलगायतले एफमलाई प्रतिस्पर्धी र गतिशील बनाउनुपर्ने बताए । सो अवसरमा संस्थाका कोषाध्यक्ष श्यामदास श्रेष्ठले ४७ लाख, ३५ हजार रुपैयाँको आयव्यय तथा सचिव मोतिलाल पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैवीच साधारणसभाले मञ्चको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा नारायण सापकोटा, उपाध्यक्ष जानकी सिंह, सचिव रामकृष्ण लामिछाने, सहसचिव ईश्वर खड्का, कोषाध्यक्ष शम्भु पन्तलाइ चयन गरेको छ । रामबहादुर बुढा खाम्पा, हरिश गुप्ता, रमा भण्डारी, नरहरि भट्टराई सदस्य छन्भने सल्लाहकारमा पीताम्बर ढकाल, धर्मराज गिरी, विष्णु खड्का, श्यामदास श्रेष्ठ र शान्ता लामिछाने छन् ।
No comments:
Post a Comment