बिदा स्वीकृत नगराई डाक्टर ‘सुटुक्क’ अमेरिका

भक्तबहादुर शाही
दैलेख, २३ असार ।
    दैलेखका एक कार्यालय प्रमुख १८ महिनादेखि कार्यालयमा उपस्थित नभइ अमेरीका गएको खुलासा भएको छ । जिल्ला आयुर्वेद कार्यालय दैलेखका प्रमुख डा. योग बहादुर केसी अमेरिकाको डीभी परेपछि १८ महिनादेखि परिवारसहित ‘सुटुक्क’ अमरिका बस्दै आइरहेको खुलासा भएको हो । विदेशमा बसोवास गरेपनि उनलाई कुनै कारवाही नभएको निमित्त कार्यालय प्रमुख कुमार मण्डलले गुनासो गरे । उनका अनुसार केसीले मन्त्रालयबाटै बेतलबी विदा स्वीकृत गराई अमेरिका गएका हुन् ।
    कार्यालयमा डाक्टर नहुँदा सेवाग्राही विरामी उपचारबाट बञ्चित भएका छन । गत चैतमहिनाबाट मन्त्रालयको काम छ भन्दै काठमाडांै हिडेका डाक्टर अमेरिका पुगेको थाहा पाउँदा आफूहरु दंग परेको नाम नछाप्ने स्वास्थ्य एक कर्मचारीले बताए ।
     ‘हामी कहिलेकाँही घरायसी काम पर्दा विदा लेख्दापनि हाकिमको गाली खानुपथ्र्यो तर सरकारको नियमविपरित विदेश जाँदापनि कुनै कारवाही नहँुदा हामी अचम्ममा परेका छौं,’ उनले भने ।’    कार्यालयका अनुसार केसीले जिल्लाबाट बिदापनि स्वीकृत गराएका छैनन् । डाक्टरको उपस्थिति विना सामान्य औषधी उपचार बाहेक जटिल रोगको निदान हुन सकेको छैन । आफूले सामान्यखाले रोगको मात्र उपचार गर्ने गरेको निमित्त प्रमुख मण्डलले बताए । ‘जटिलखालका रोगका लागि डाक्टरसाबले नै उपचार गर्नुपर्ने हुन्छ, कहिलेकाँही जटिलखालका समस्या आउँछन् उपचार गर्न सकिदैंन, हुदैंन भन्दा सर्वसाधारणले कुरा नबुझ्दा गाली खानु पर्छ, उनले गुनासो गरे । जिल्ला आयुर्वेद कार्यालयलाई प्रमुखको मात्र समस्या परेको छैन । आफ्नै भवन हँुदाहँुदै पनि भाडामा बस्नुपर्ने बाध्यता रहेको छ ।  आयुर्वेद कार्यालय  काँडाचौरमा रहेको भवन द्वन्द्वका बेलादेखि हालसम्म नेपाली सेनाले प्रयोग गर्दै आइरहेको छ ।
    द्वन्द्वका समयमा सुरक्षाका कारण नेपाली सेनाले काँडाचौरमा रहेका जिल्ला विकास समिति, नारायण नगरपालिका, जिल्ला खानेपानी र जिल्ला आयुर्वेद कार्यालय बसेको स्थानलाई क्याम्पको रुपमा प्रयोग  आइरहेको छ । तर अन्य कार्यालयको क्षतिपूर्ति र खानेपानी कार्यालयको भवन हस्तान्तरण नेपाली सेनाले गरेपनि आयुर्वेद कार्यालयको भवन हस्तान्तरण गरेको छैन ।  आफ्नो भवन नहुँदा विगत ११ वर्ष देखि कार्यालय भाँडामा बस्दै आइरहेको छ ।
    भवन हस्तान्तरण नहुँदा जिल्ला आयुर्वेद कार्यालयले हालसम्म कार्यालय भाडा शीर्षकमा बार्षिक ७ लाख ९७ हजार रकम खर्चेको छ । जिल्ला आयुर्वेद कार्यालयमा १ डाक्टर, २ कविराज र ४ जना बैद्यसहित १३ जनाको दरबन्दी रहेको निमित्त कार्यालय प्रमुख कुमार मण्डलले जानकारी दिए ।


No comments:

Post a Comment