रुकुम, २५ असार ।
यहाँ बसेको सर्वदलीय बैठकले बाँफीकोट गाविसमा रहेको स्यार्पुतालमा माछा नमार्ने निर्णय गरेको छ ।
युनाइटेड मिसन टु नेपाल (युएमएन) रुकुम क्लस्टरको आर्थिक सहयोग र नेपाल जनजागरण मञ्चको सहजीकरणमा स्यार्पुतालमा गरिबमुखी माछापालन कार्यक्रम सुरु गरिएको छ ।
बाँफीकोटका वडा नम्बर २, ३, ७ र ८ का सर्वसाधारणको उपस्थिति रहेको बैठकले तालमा महाजाल, हातेजाल र बल्छीजाल नखेल्ने र खेल्न नदिने निर्णय पनि गरेको छ । स्यार्पुतालमा पालिएका माछाबाट स्थानीयवासीकै आयआर्जनमा वृद्धि हुने गरेको छ । यहाँ बसेको सर्वदलीय बैठकले बाँफीकोट गाविसमा रहेको स्यार्पुतालमा माछा नमार्ने निर्णय गरेको छ ।
युनाइटेड मिसन टु नेपाल (युएमएन) रुकुम क्लस्टरको आर्थिक सहयोग र नेपाल जनजागरण मञ्चको सहजीकरणमा स्यार्पुतालमा गरिबमुखी माछापालन कार्यक्रम सुरु गरिएको छ ।
No comments:
Post a Comment