दैलेख, १७ असार ।
सहुलियत दरको रासायनिक मल यहाँ दोब्बर मूल्यमा बिक्री गर्दै आएका एक व्यापारीलाई आइतवार विहान प्रहरीचौकीले पक्राउ गरेको छ । मल अभावको फाइदा उठाउँदै स्थानीय व्यापारीहरुले मनोमानी मूल्य निर्धारण गर्ने गरेको भन्दै उनलाइ पक्राउ गरेको हो । सदरमुकामका साथै ७ वटा कृषि सेवा केन्द्रमार्फत मल बिक्री वितरण भैरहेको छ । जिल्लामा २ सय २४ मेट्रिक टन मलको स्वीकृत कोटा हो । पश्चिमको लैनचौरस्थित केन्द्रबाट खरिद गरी लकान्द्रको ठाटीकाँध बजारमा दोब्बर मूल्यमा बिक्री गरिरहेका एक व्यापारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
लकान्द्र– ६ का खगेन्द्र शाहीलाई कृषकहरुको गुनासोका आधारमा ठाटीकाँध प्रहरीले नियन्त्रणमा लिएको हो । उनले प्रतिकेजी २१ रुपैयाँ ७५ पैसा सरकारी अनुदानको मल ३० रुपैयाँ र नेपालगञ्जबाट खरिद गरी ल्याएको रासायनिक मल ४७ रुपैयाँमा बिक्री गरेको प्रहरीले जनाएको छ । व्यापारी शाहीले ढुवानी भाडा भन्दै धेरै मुनाफा लिएको कृषकहरुको आरोप छ ।सहुलियत दरको रासायनिक मल यहाँ दोब्बर मूल्यमा बिक्री गर्दै आएका एक व्यापारीलाई आइतवार विहान प्रहरीचौकीले पक्राउ गरेको छ । मल अभावको फाइदा उठाउँदै स्थानीय व्यापारीहरुले मनोमानी मूल्य निर्धारण गर्ने गरेको भन्दै उनलाइ पक्राउ गरेको हो । सदरमुकामका साथै ७ वटा कृषि सेवा केन्द्रमार्फत मल बिक्री वितरण भैरहेको छ । जिल्लामा २ सय २४ मेट्रिक टन मलको स्वीकृत कोटा हो । पश्चिमको लैनचौरस्थित केन्द्रबाट खरिद गरी लकान्द्रको ठाटीकाँध बजारमा दोब्बर मूल्यमा बिक्री गरिरहेका एक व्यापारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
सहुलियत दरको मल असार नलाग्दै सकिएको जिल्ला उकृषि विकास कार्यालयले जानकारी दिएपनि एक महिना नपुगेपछि दोब्वर दरमा विक्री वितरण हँुदा अन्य सेवा केन्द्रका किसानहरु अचम्ममा परेका छन् ।
‘लैनचौर सेवा केन्द्रमा मल लिनका लागि दुई दिन धाइयो मल पाइएन् तर ठाटीकाँध बजारमा जाँदा प्रतिकेजी ४७ रुपैयाँ हालेर किने अचम्म लाग्यो,’ लकान्द्र–७ का यज्ञराज रेग्मीले बताए । उनले भने, ‘नलिउँ रोपाई सुरु भयो लिउँ दोब्वर हालियो ।’
यस्तै धेरै कृषकहरुको गुनासो आएपछि ठाटीकाँध प्रहरीले मल व्यापारी शाहीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुदर्शन थापाले बताए ।
उनका अनुसार शाहीलाई कालो बजारी ऐन अन्तर्गत कारबाही गरिनेछ । तर जिल्ला कृषि विकास कार्यालयमा सोध्दा हाकिम नभएको त्यहाँको कर्मचारीले आफूले जवाफ नदिने बताए । दैलेखमा ९ सय ४७ मेट्रिक टन रासायनिक मल अपुग रहेको छ ।
मल नपाएर दैलेखको अधिकांश कृषकहरु मल विनै धान रोप्न लागिपरेका छन् । पर्याप्तमात्रामा मल पाइएको छैन ।
No comments:
Post a Comment