सुर्खेत, ८ साउन ।
बिस्तारै हराउन लागेको आरन पेसाको संरक्षणका लागि यहाँका फलामकर्मीहरू समूह बनाएरै लागिपरेका छन् । चार वर्षदेखि उनीहरू आफ्नो हराउन लागेको पुख्र्याैली पेसाको संरक्षणमा लागेका हुन् । बाबुबाजेले गरेको देखेर सो पेसा अँगालेको बताउने उनीहरू पेसा बचाउनका लागि समूहमा आबद्ध भएर ‘लगनशील लघु उद्यमी आरन उद्योग’ सञ्चालन गरी पेसाको संरक्षणमा लागिरहेका छन् ।
रामघाट गाविस–४ मा सात जनाको समूह निर्माण गरी मानबहादुर बाँठा, भक्तबहादुर कामी, रत्नबहादुर टमाटा, जसवीर तिरुवालगायतले एकै स्थानमा आरन सञ्चालन गरेका छन् । उनीहरूले आरनमा कृषि सामग्रीका साथै तामाका गाग्री, सजावटका साना सामग्रीलगायतका विभिन्न सामान एकै ठाउँमा निर्माण गरिरहेका छन् । समूहमा सात जना भएपनि हाल चार जनाले मात्रै काम गरिरहेको समूहका अध्यक्ष टमाटाले बताए । बाठा र कामीले फलामको काम र टमाटा र तिरुवाले तामाको काम गरिरहेका छन् । अन्यले भने पेसा छाडिसकेका छन् ।बिस्तारै हराउन लागेको आरन पेसाको संरक्षणका लागि यहाँका फलामकर्मीहरू समूह बनाएरै लागिपरेका छन् । चार वर्षदेखि उनीहरू आफ्नो हराउन लागेको पुख्र्याैली पेसाको संरक्षणमा लागेका हुन् । बाबुबाजेले गरेको देखेर सो पेसा अँगालेको बताउने उनीहरू पेसा बचाउनका लागि समूहमा आबद्ध भएर ‘लगनशील लघु उद्यमी आरन उद्योग’ सञ्चालन गरी पेसाको संरक्षणमा लागिरहेका छन् ।
समूहका अध्यक्ष टमाटाले समूह बनाएपछि आफूहरूले पेसाको संरक्षणका साथै घर व्यवहारसमेत सञ्चालन गर्न सकेको बताए । उनले भने, ‘हामीले यही पेसाबाट घर व्यवहार चलाएका छौं ।’ उनीहरूले आफौले फलाम–तामा किनेर विभिन्न समाग्रीको निर्माण गरी फाइदा लिने गरेका छन् । हाल उनीहरूले आफ्नो समूहमा समेत मासिक रूपमा रु. २० जम्मा गर्दै आएका छन् । समूहले जिल्ला लघुउद्यम विकास समिति (मेडेप) र रामघाट गाविसको सहयोगमा तीन वर्ष अगाडि तीनकोठे भवनको समेत निर्माण गरेको छ ।
भवन निर्माणका लागि जिल्ला लघुउद्यम विकास समितिले करिब रु. २ लाख बराबरको सहयोग गरेको छभने गाविसले करिब १० धुर जग्गा उपलब्ध गराएको छ । जिल्ला लघुउद्यम विकास समितिले नै समूहलाई काम गर्न सजिलो होस् भन्ने उद्देश्यले मेसिन पनि उपलब्ध गराएको छ ।
करिब रु. १५–१५ हजार लागतका ड्रिल र साइनिङको सहयोग गरिएको हो । वि.सं. २०६८ पुसमा उपलब्ध गराइएका करिब रु. ३० हजार परेका ती मेसिन भने तालिमको अभावमा सञ्चालनमा भने आउन सकेका छैनन् । समूहका कोषाध्यक्ष कामी भन्छन्, ‘हामीलाई चलाउन आउँदैन, त्यसैले हामीहरूलाई तालिमको आवश्यकता छ ।’
No comments:
Post a Comment