जाजरकोट, ८ साउन ।
बारीभरी लटरम्म तरकारी फलेको छ तर बजारको अभावले बारीमै तरकारी कुहिएर जान्छ कि भन्ने चिन्ताले जाजरकोट जगतिपुर–५ तिमीलेचौरका २५ वर्षीय मोतीराम वि.सी.लाई निकै सताइरहेको छ । तिमिलेचौरका दुई दर्जन बढी कृषकको अवस्था विसीको जस्तै छ । तर सदरमुकाम खलंगामा भने तरकारीको चरम अभाव भएको छ ।
प्रशस्त सिंचाईको सुविधा र आफ्नै घरमा उत्पादन भएको प्रांगारिक मल प्रयोग गरी उत्पादन गरिएको भाण्टा, काउली, बन्दा, टमाटर, खुर्सानी, बोडी, केराउलगायतका तरकारीले उचित बजार नपाउँदा कृषक विसीको मात्र होइन पुरै तिमिलेचौर गाउँमा उत्पादित तरकारी कुहिएर खेर जाने अवस्थामा छ । बारीभरी लटरम्म तरकारी फलेको छ तर बजारको अभावले बारीमै तरकारी कुहिएर जान्छ कि भन्ने चिन्ताले जाजरकोट जगतिपुर–५ तिमीलेचौरका २५ वर्षीय मोतीराम वि.सी.लाई निकै सताइरहेको छ । तिमिलेचौरका दुई दर्जन बढी कृषकको अवस्था विसीको जस्तै छ । तर सदरमुकाम खलंगामा भने तरकारीको चरम अभाव भएको छ ।
तिमिलेचौरका बारीमा फलेको तरकारी खेती बजारको अभावमा अलपत्र परेको छ । उत्पादन गरिएको तरकारी विक्री गर्ने बजारको अभाव भएको र टाढा लिन ढुवानी समस्याले गर्दा लिन समस्या परेको कृषक बि.सी.ले भने, ‘सदरमुकाम र अन्य बजारतिर लिन तरकारीको मूल्य भन्दा ढुवानी बढी तिर्नुपर्छ कसरी लिनु ।’
स्थानीय फेरा बजारमा केही तरकारी खपत भएपनि खपत नभएको तरकारी गाउँघरतिर लगेर अन्नसित साट्ने गरेको अर्का कृषक पदमबहादुर बुढाले जानकारी दिए । यातायातको असुविधा र सदरमुकाम टाढा भएकाले आफ्नो बारी उत्पादन भएको तरकारी छिमेकी जिल्ला सल्यानका विभिन्न स्थानहरुमा एकदिन भरी डुलाएर केही नगद र केही अन्नसंग साट्ने गरेको अर्का कृषक खिमसरा रानाले बताइन् ।
गाउँलेहरुले सिर्जनशील सामुदायिक संस्थामार्फत सामूहिक खेती पनि गरिरहेका छन् । एक सिजनामा संस्थाले मात्र उत्पादन गरेको करिब रु. ६० हजार बढीको तरकारी खेर जाने गरेको कृषकहरुले बताएका छन् । यता सदरमुकाममा भने लामो समयदेखि तरकारीको अभाव भएको छ । गाउँमा २ं० रुपैयाँ प्रतिकिलो पाइने हरियो तरकारी सदरमुकाममा भने एक सय रुपैयाँ भन्दा बढी पर्ने गरेको छ ।
ग्रामीणस्तरमा यातायातको सुविधा पुर्याउन सक्ने होभने वर्षेनी खेर जाने तरकारीलाई सदुपयोग गर्न सकिने नेकपा एमाले जाजरकोटका सदस्य मित्रगणेश श्रेष्ठले बताए । बजार राम्रो भए आफूहरु बर्षेनी लाखौंको तरकारी उत्पादन गर्नसक्ने सिर्जनशील सामुदायिक संस्थाका अध्यक्ष पदमबहादुर बुढाले जानकारी दिए ।
मा
No comments:
Post a Comment