संस्कृति जोगाउन चन्दा संकलन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दैलेख, ८ साउन ।
    हराउँदै गएको संस्कृति जोगाउन मुस्लिम समुदायले चन्दा संकलन गर्न थालेका छन् । मुस्लिम समुदायमा मौलाना र मातृभाषा शिक्षक दुवै काम गर्ने व्याक्तिको अभावले प्रत्येक घरधुरीबाट १ हजार चन्दा संकलन गरेका हुन् । धर्म गुरु मौलानाको खोजी गर्न वडलम्जी– ५ कुराहाँका सुवान अलि मियाँ सहितको टोली सुर्खेत हुदैं नेपालगंज पुगेको छ । वषौदेखि हिन्दु समुदायको बीचमा बस्दै आएकाले मुस्लिम सुमदायले आफ्नो संस्कृति भुल्दै गएको भन्दै मौलानाको खोजीमा लागिएको ६५ वर्षीया पिरवकस मियाँको बताए ।
    ‘हामी वुढापाकालाई मातृभाषा उर्दू र अरबी वोल्न आउँदैन, त्यसैले घर–घरबाट चन्दा उठाएर मौलानाको खोजीमा लागेका हौं ।’ जिल्लाको एकमात्र मुस्लिम वस्ती रहेको वडलम्जीको कुराहाँमा करिव ७० घरधुरी रहेका छन् ।
    भारतको लौकहीका मुस्तफा खाँ र वहराइचका ओस्मन अली खाँ ले छोटो समय मौलनाको रुपमा काम गदै आएका थिए । ‘विहान वेलुका पूजापाठ गराउने, मदरसामा मातृभाषा पढाउने मौलानाले ७ महिना अगाडिबाट छोडेदेखि मदरसामा उर्दू र अरवी पढाइ भएको छैन्’, कादरियो ओ मदिना प्राविका प्राधानाध्यापक इब्राहिम अलि मियाँले भने, ‘मदरसामा मातृभाषा पढाउने गुरुको खाँचो छ ।’ खोजीमा गएका मियाँ भने मौलाना ल्याएर फर्किने बताउँछन् । मदरसामा ७ महिनायता उर्दू शिक्षकपनि छैनन् ।
    मुस्लिम समुदायमा ५ जनाले एसएलसी पास गरेपनि उर्दू र अरबी भाषा भने कसैलाई वोल्न र लेख्न नआउने वक्स मियाँले बताए । खानपिनमा पनि धेरै भिन्नता भएकाले मौलानाहरु यहाँ बस्न नरुचाउने गरेको मदरसाका प्रअ इब्राहिमले भने ।

No comments:

Post a Comment