जाजरकोट ७ साउन ।
जाजरकोटको एक विद्यालयले दुई वटा भवन बनाउनुपर्नेमा एउटा मात्र भवन बनाएर दोहोरो रकम भुक्तानी लिने प्रयास गरेको खुलासा भएको छ । जिल्लाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सीम सिस्नेको विद्यालय भवन जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै बनाउनुपर्नेमा एउटा मात्र भवन बनाएर दुवै ठाउँबाट भुक्तानी लिने प्रयास गरिएको हो । अनियमितता भएको सार्वजनिक भएपछि बैंकमा भुक्तानीका लागि गइसकेको रकमसमेत रोक्का राखिएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत जिल्ला प्राविधिक कार्यालयबाट ५ लाख भुक्तानी भएको छभने जिल्ला शिक्षा कार्यालयबाट ६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिएकोमा दोहोरो रकम भुक्तानी भएको जानकारी पाएपछि बैंकमा निकासा भैसकेको रकम रोक्का राखिएको जिल्ला शिक्षा अधिकारी गीरमान थापाले जानकारी दिएका छन् । उक्त कुराको छानविन नहुँदासम्म रकम फुकुुवा नगरिने उनको भनाइ छ । उक्त विद्यालयले दुई वटा भवन बनाउनुपर्ने भएपनि जुन कार्यालयका प्राविधिक गयो यही भवन हो भनेर देखाउने गरेको स्थानीयको भनाइ छ । प्रधानाध्यापक श्रीप्रसाद शाह र शिक्षक मानबहादुर पुनको मिलोमतोमा उक्त अनियमितता गरिएको स्थानीयको आरोप छ ।जाजरकोटको एक विद्यालयले दुई वटा भवन बनाउनुपर्नेमा एउटा मात्र भवन बनाएर दोहोरो रकम भुक्तानी लिने प्रयास गरेको खुलासा भएको छ । जिल्लाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सीम सिस्नेको विद्यालय भवन जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै बनाउनुपर्नेमा एउटा मात्र भवन बनाएर दुवै ठाउँबाट भुक्तानी लिने प्रयास गरिएको हो । अनियमितता भएको सार्वजनिक भएपछि बैंकमा भुक्तानीका लागि गइसकेको रकमसमेत रोक्का राखिएको छ ।
दुईवटा भवन बनाउनुपर्नेमा एउटा पनि पूर्ण रुपमा सम्पन्न नभएको अनुगमनका गर्ने सिलसिलामा त्यहाँ पुगेका राप्रपा नेपालका गोपालविक्रम शाहले बताए । उनका अनुुसार बन्दै गरेको भवन जिल्ला शिक्षा कार्यालयको भएको र पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम अन्तरगतको भवन भने सुरु नै गरिएको छैन । उक्त अनियमित कार्यमा संलग्न सम्वन्धित प्राविधिक, प्रधानाध्यापक तथा अन्य संलग्न जो सुकैलाई आवश्यक कारवाही गर्नुपर्ने शाहको भनाइ छ ।
यसैवीच जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर ओमकुमार साह आफ्नो कार्यालयका प्राविधिक मूल्यांकन गर्न जाँदा पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गतको भवन यही हो भनेर देखाएपछि अन्तिम मूल्यांकनका आधारमा रकम भुक्तानी गरिएको दावी गरेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अनियमित कार्यमा संलग्न सवैलाई बोलाएर आवश्यक छानविन गरी कारवाही अगाडि बढाउने बताएका छन् । प्रधानाध्यापक साह जिल्ला बाहिर गएको हुँदा सम्पर्क हुन सकेको छैन ।
No comments:
Post a Comment