धनगढी, ७ साउन ।
देख्दा साधारण लाग्ने बिरुवा अपामार्गको गुण भने असाधारण हुन्छ भन्ने सुन्दा विश्वास नलाग्न सक्छ, तर अपामार्गबाट बनाइने घरेलु औषधि ३६ रोगको उपचारमा प्रयोग हुने अनुभव कतिपय समुदायका वैद्यहरूको छ । कमलपित्त (जन्डिस) रोगबाट पीडित कञ्चनपुर कलुवापुरकी लगिना राना अपामार्गको जरा पिंधेर बनाइएको झोल सेवनले पूर्ण निको भएकी छन् । ‘यो रोगको सहज उपचारका लागि ‘एलोपेथिक’ औषधि गर्न अस्पताल जानु पर्दैन, घरमै बसीबसी यो बिरुवाको जरा कुटेर बनाइएको पानीको झोल नियमित पिउँदा निको हुन्छ’ अपामार्गको महत्व दर्शाउँदै रानाले भनिन् ।
गाउँमा कमलपित्तका बिरामी सबैलाई यो औषधिबाट नै निको पार्ने गरेको कलुवापुर गाउँका मोती राना दावी गर्छन् । ‘एलोपेथिक औषधिले पनि कमलपित्त निको हुन्छ, तर एलोपेथिकले ‘साइड इफेक्ट’को असर हुने डर हुन्छ, यो उपचार विधिबाट शरीरमा कुनै असर पर्दैन’ गाउँमा वैद्यको काम गर्दै आएका रानाले भने । देख्दा साधारण लाग्ने बिरुवा अपामार्गको गुण भने असाधारण हुन्छ भन्ने सुन्दा विश्वास नलाग्न सक्छ, तर अपामार्गबाट बनाइने घरेलु औषधि ३६ रोगको उपचारमा प्रयोग हुने अनुभव कतिपय समुदायका वैद्यहरूको छ । कमलपित्त (जन्डिस) रोगबाट पीडित कञ्चनपुर कलुवापुरकी लगिना राना अपामार्गको जरा पिंधेर बनाइएको झोल सेवनले पूर्ण निको भएकी छन् । ‘यो रोगको सहज उपचारका लागि ‘एलोपेथिक’ औषधि गर्न अस्पताल जानु पर्दैन, घरमै बसीबसी यो बिरुवाको जरा कुटेर बनाइएको पानीको झोल नियमित पिउँदा निको हुन्छ’ अपामार्गको महत्व दर्शाउँदै रानाले भनिन् ।
कमलपित्त रोगले समातेपछि अमिलो, चिल्लो, पिरो, खान नहुने बरु उखुको रस, मेवा, मुला ग्लुकोज पानी नियमित खान उपयुक्त हुने वैद्यहरू बताउँछन् । नेपालका कयौं क्षेत्रमा अमूल्य जडीबुटी प्रशस्त मात्रामा पाइने भएता पनि यिनको समाजमा पहिचान र उचित प्रयोग हुन सकिरहेको छैन । पहिचान गर्न सक्ने कतिपयले कच्चापदार्थका रूपमा विदेश पठाएर राम्रो आयआर्जन गरिरहेको देखिए पनि पहिचान हुुन नसकेका अधिकांश जडीबुटी त्यसै नष्ट हुने वा मासिएर जाने गरेका छन् । यद्यपि, स्वास्थ्य संस्थाको सहज पहुँचबाट टाढा रहेका सर्वसाधारण बिरामीका लागि यिनै जडीबुटी नै ज्यान जोगाउने बुटी बनेका छन् । अनुभव बटुलेका गाउँघरका बुढापाकाले यिनै जडीबुटीको प्रयोग गरेर बिरामी वा चोटपटक लागेका व्यक्तिको उपचार गरिरहेका देखिन्छन् । गाउँघरमा धेरैजसो समुदायका मानिसले यिनै जडीबुटीबाट बन्ने औषधि प्रयोग गरेर बिरामी निको पार्ने गरेको पुरैना गाउँकी मरिया राना बताउँछिन् । अपामार्गको प्रयोगबाट तयार पारिने घरेलु औषधिले कमलपित्त, आउँमासी, रगतमासी, खोकी, बन्द भएको, दिसापिसाब खुलाउनेलगायतका ३६ रोग निको बनाउने हुँदा यसलाई राना थारू समुदायमा छत्तिसाको नामले चिनिने गरेको उनी बताउँछिन् ।
यो बिरुवामा रोगका संक्रामक कीटाणुलाई नष्ट गर्नसक्ने क्षमता हुने गरेको बताइन्छ । धार्मिक रूपमा समेत महत्वपूर्ण बिरुवाका रूपमा लिइने अपामार्गलाई उल्टो कुरो, छत्तिसा, वलाहाचिरचिराको नामले समेत चिन्ने गरिन्छ । आयुर्वेद चिकित्सामा यो बिरुवालाई पोलेर बनाइने क्षार खरानीको उपयोगबाट पत्थरी र पिसाबसम्बन्धी रोगको उपचार गर्ने गरिएको आयुर्वेद चिकित्सक मुक्तिकान्त पन्त बताउँछन् । ‘बच्चा जन्माउन नसकेर पीडा झेलिरहेकी गर्भवती महिलाको कम्मरमा यो बिरुवाको हाँगा वा डाँठ राखेमा ती महिलाले बिनाखतरा सजिलैसंग बच्चा जन्माउन सक्ने शास्त्रीय मान्यता छ’ पन्तले भने ।
यसको जरामात्र नभई पात र डाँठसमेत आयुर्वेदका लागि निकै महत्वपूर्ण रहेको बताइन्छ । पचासौं किसिमको औषधि बन्ने हुँदा यो बिरुवाको धार्मिक महत्व पनि ठूलो रहेको ज्योतिष मनिराज जोशी बताउँछन् । नेपालमा डाबर नेपाललगायतले जडीबुटीको खेती गरेर आयुर्वेदिक औषधि उत्पादन गरिरहेका छन् ।
जिल्ला वनस्पति कार्यालयका निमित्तप्रमुख कृष्णराम भट्टराई यहाँका जडीबुटी भारतमा मोहरको भाउमा लगिन्छ, तिनै जडीबुटीको रसायन निकालेर बनाइने एलोपेथिक औषधि डलरको भाउमा खरिद गर्नुपर्ने अवस्था नेपालको रहेको बताउँछन् ।
No comments:
Post a Comment