सुर्खेत, ८ साउन ।
वीरेन्द्रनगर बजार क्षेत्रका करिव दुई दर्जन पसलहरुको सोमवार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन समितिले खाद्य सामग्री, पाउरोटी, ब्रेडलगायतका पसलहरुको अनुगमन गरेको हो ।
गोदामलाइनकास्थित शिवशक्ति जनरल स्टोर्सबाट सुरु गरिएको अनुगमन कार्य वीरेन्द्रचौक, जुम्लारोड, हटियालगायतका दुई दर्जन पसलमा गरिएको थियो । अनुगमनका क्रममा पसलहरुबाट केही म्याद नाघेका सामानको नमूनासमेत लिइएको उपभोक्ता अधिकार मंचका अध्यक्ष आकाशतारा वयकले बताए । अनुगमनमा व्यापारीहरुले मूल्य सूची नराखेको, सवै सामानहरु एकै ठाउँमा राखेको, धेरै सामानको म्याद नाघेको पाइएको उनले बताए । हटियास्थित सन्तोष किराना पसलमा म्याद नाघेका खाद्य बस्तु बढी फेला परेको उनले जनाए ।वीरेन्द्रनगर बजार क्षेत्रका करिव दुई दर्जन पसलहरुको सोमवार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन समितिले खाद्य सामग्री, पाउरोटी, ब्रेडलगायतका पसलहरुको अनुगमन गरेको हो ।
व्यापारीहरुलाई सामानहरु फरक फरक स्थानमा राख्न, मूल्य सूची उपभोक्ताहरुले देख्ने स्थानमा राख्न सुझावसमेत दिइएको छ । अनुगमन टोलीमा संलग्न सुर्खेत उद्योग बाणिज्य संघका सचिव उदिराम डाँगीले संघले पनि व्यापारीहरुलाई मूल्य सूची राख्न सार्वजनिक सूचना जारी गरिएको बताए । उपभोक्ताहरुबाट संघमा सामानको मूल्यमा एकरुपता नभएको, कालोबजारी गरेको जस्ता उजुरीहरु आएकोले अनुगमन कार्यलाई निरन्तरता दिइनुपर्ने उनको भनाइ छ । उनले अनुगमन कार्य त्रैमासिकरुपमा गर्न सुझाव दिदैं उनले उद्योग बाणिज्य संघले पनि सम्पूर्ण व्यापारीहरुलाई सचेत गराएको बताए ।
उपभोक्ताहरुले ग्यास, पेट्रोल तथा डिजललगायतका पम्पहरुमा पनि अनुगमन गर्न समितिलाई सुझाव दिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा खाद्य निरीक्षक भेषबहादुर थापा, वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकाल, उपभोक्ता अधिकार मञ्चका आकाशतारा बयकलगायत प्रहरीको टोली संलग्न छ ।
No comments:
Post a Comment