२२ गाविसका ६५ जना बादी महिलालाई रकम वितरण

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २८ असार ।
    महिला तथा बालबालिका कार्यालय सुर्खेतले जिल्लाका २२ गाविसका बादी महिलाहरुलाई सीप विकास तालिम प्रदान गरेको छ । उनीहरुको जीवनयापनमा सघाउ पुग्ने उद्देश्यले घोरेटा, राकम, सहारे, मेहेलकुना, काप्रिचौर, रामघाट, छिन्चु, लाटिकोइलीको झुप्रा, सालकोट, बावियाचौर, हरिहरपुर, बिजौरालगायतका गाविसका ६५ जना बादी महिलालाई बाख्रापालन र बंगुर पालन तालिम दिइएको हो । उनीहरुलाई घर विकास योजना कार्यक्रम अन्तर्गत कुनैपनि व्यवसाय गरी जीवनस्तर गर्न सकुन् भनी प्रति व्यक्ति १५ हजार रुपैयाँका दरले ९ लाख ७५ हजार रुपैयाँ पनि कार्यालयले वितरण गरेको छ ।
४ दिनसम्म संचालन भएको तालिममा बादी समुदायमा रहेको अशिक्षा, गरिवी, पछौटेपन तथा रुढीवादी परम्परालाई अन्त्य गरी सामाजिक प्रतिष्ठा तथा समानताको भावना जागरण गराइ आर्थिक उपार्जनमा सरिक हुनेलगायत विभिन्न पक्षमा जिल्ला पशु सेवा कार्यालय सुर्खेतका प्रमुख किसनलाल भट्टले जानकारी गराएका थिए । साथै सोही अवसरमा वादी समुदायको हकहितका लागि भन्दै बालकुमारी वादीको अध्यक्षतामा पूर्वी क्षेत्र र सीता वादीको अध्यक्षतामा पश्चिमी क्षेत्र समिति पनि गठन गरिएको महिला विकास कार्यालयका जेवी चौधरीले जनाए ।

No comments:

Post a Comment