‘सबै दल मिलेर समाधान दिन जरुरी’‘सबै दल मिलेर समाधान दिन जरुरी’

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कैलाली, २५ असार ।
    नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले सहमतिको सरकारका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले सहमतिबिना मुलुकको राजनीति अघि नबढ्ने बताउँदै संविधानसभा विघटनपछि मुलुकमा संवैधानिक संकट उत्पन्न भएकाले सबै दल मिलेर समाधान दिनु जरुरी छ भने ।
    सरकारले संविधानसभा विघटन गरेर चुनाव घोषणा गर्नु सत्ता लम्ब्याउने काम मात्रै भएको बताउँदै अध्यक्ष खनालले भने, ‘मंसिर ७ गते चुनाव हुनै सक्दैन ।’
    निर्वाचन आयोगले आगामी साउन ७ गतेसम्म संविधान संशोधन गर्ने सहमति बने चुनाव हुनसक्ने बताएकाले सो मितिमा सहमति हुने कुनै सम्भावना नभएको उनको भनाइ छ ।
    राजनीतिक दलबीचको सहमतिबिना सरकारले पूर्ण बजेट ल्याउन नसक्ने विचार व्यक्त गर्दै अध्यक्ष खनालले सहमतिबिना बजेट ल्याए आफूहरूले त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।
    पत्रकारको अर्को जिज्ञासामा अध्यक्ष खनालले भने, ‘सेना समायोजनको काम विशेष समितिको सहमतिको 

No comments:

Post a Comment