एउटै गाविसका ७ सय युवा विदेशएउटै गाविसका ७ सय युवा विदेश

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
प्युठान, २५ असार ।
    मुलुकमा बेरोजगार भएर विदेसिने क्रम बढिरहेका बेला प्युठानको नारीकोट गाविसबाट विदेसिने युवाको संख्या ७ सय पुगेको छ । यो संख्या गाविसबाट दुबई, मलेसिया, साउदी, कतार र कुबेत जानेको मात्र होभने भारत जानेको संख्या ३ सय रहेको गाविससचिव कविराज शर्माले बताए ।
    उनका अनुसार गाविसको एउटै वडा ७ बाट सबैभन्दा धेरै ९३ जना तेस्रो मुलुक गएका छन्भने वडा नं ५ बाट भारतमा ६५ जना रोजगारीका लागि विदेसिएका छन् । कमजोर शिक्षा प्रणाली र बढ्दो बेरोजगारीका कारण जिल्लाका अन्य गाविसको तुलनामा सबैभन्दा धेरै नारीकोटबाट युवाहरू विदेशिने क्रम बढ्दो छ ।
    युवाहरूको विदेशिने क्रम बढ्दै जाँदा अहिले गाउँ युवाविहीन अवस्थामा रहेको स्थानीय जनकराज गिरीले बताए । युवाविहीनताको अवस्थामा गाउँमा हुने विकासे कामसमेत प्रभावित बन्दै गएको उनको भनाइ छ । गाउँमा केही गरौा न त भनी सहयोगी निकायसंग हात जोरेर काम गर्न खोज्दा युवाहरू नभएकाले आफैं हच्कनुपर्ने अवस्था सिर्जना भएको स्थानीय बुुद्धिजीवि श्यामलाल पुरीले बताए । वैदेशिक रोजगारीबाट नारीकोटमा मात्रै वार्षिक करोडौं रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ । यसरी गाउँमा करोडौं रकम भित्रिए पनि युवाको अभावमा लगानी गर्ने ठाउँ नबन्दा पैसा अनावश्यक खर्च हुने गरेको स्थानीय जगत पुरीले बताए ।


No comments:

Post a Comment