वादी समुदायका लागि कार्यक्रम संचालन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दैलेख, २५ असार ।
    दैलेखमा वादी समुदायको आर्थिक जीवनस्तर उकास्न र अधिकारका लागि जनचेतनामूलक कार्यक्रमम संचालन गरिने भएको छ  । जिल्लाका ८ स्थानमा अस्थायी एवं स्थायी रुपमा वसोवास गरेका १ सय १२ घरधुरीमा कार्यक्रम लागू गरिने भएको हो ।राजनीतिकरुपमा वहिस्कृत,सामाजिक रुपमा तिरस्कृत तथा आर्थिक रुपमा अल्संख्यक सीमान्कृत जाति भएकोले वादी महिलाहरुको अधिकार, स्थानीय निकायमा वादी समुदायको सहभागिता, समावेशीकरण लागि उनीको क्षमता अभिबृद्धि लागि कार्यक्रम संचालन गरिने दलित महिला एकता केन्द्रकी अध्यक्ष निर्मला गुप्ताले बताइन् ।
    अधिकार लोकतन्त्र र समावेशी कोषको आर्थिक एवं प्राविधिक सहयोगमा दलित महिला एकता केन्द्र दाङले दैलेख जिल्लाका १९ गाविसमा बसोवास गदै आएका झण्डै ९ सय जनसंख्या रहेको वादी समुदायमा कार्यक्रम संचालन हुने अधिकृत हरिप्रसाद खनालले जानकारी गराए । वादी महिलाहरुको मानवअधिकार प्रवद्र्धकसहित स्थानीय तहको राजनीति तथा सामाजिक क्षेत्रमा उनीहरुको पहुँच पुर्‍याउन कार्यक्रमले मुख्य भूमिका खेल्ने धारणा उनले राखे । दैलेखका भैरिकालिकाथुम, चामुण्डा, दुल्लू,नाउलेकटुवाल, लकान्द्र, नौमुले, मालिका, सात्तला, विन्दासैनी रुम, कट्टि, पग्नाथ, मेहतोली वडाभैरव, नारायण नगरपालिकालगायत १८ गाविसका वादी समुदायमा कार्यक्रम लागू गरिने भएको छ ।

No comments:

Post a Comment