ऊनी धागो कताई तालिम सम्पन्न

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २५ असार ।
नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा सुर्खेतमा संचालित १५ दिने ऊनी धागो कताइ तालिम सोमवार सम्पन्न भएको छ ।
केन्द्रका उपनिर्देशक बद्रीनरसिंह अधिकारीको प्रमुख आतिथ्यता एवं केन्द्रीय ऊनी धागो उद्योग संघका अध्यक्ष हरिबहादुर ठकुरीको सभापतित्वमा सम्पन्न तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिइएको थियो । असार ३ गतेबाट संचालन गरिएको तालिममा लाटिकोइली गाविसका विपन्न २० जनाको सहभागिता रहेको थियो । सोही अवसरमा उनीहरुलाई धागो कताई गर्ने सामग्री, कोरेसो तथा ऊन नि:शुल्क प्रदान गरिएको थियो । 

No comments:

Post a Comment