सुर्खेत, २५ असार ।
आफ्ना मागहरु राखेर आन्दोलनमा उत्रिएका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले आज मंगलवारदेखि अनिश्चितकालीन क्याम्पस वन्द गरेका छन् । मप विश्वविद्यालयमा समायोजन हुनु अघि स्थायी गर्नुपर्नेलगायतका मागहरु राखेर आइतवार र सोमवार पेन डाउन गरेपछि मागहरुको सुनुवाई नभएको भन्दै आज मंगलवारदेखि अनिश्चितकालीन तालावन्दी गरिएको संघर्ष समितिका सदस्य कमला तिवारीले बताइन् ।
उनका अनुसार मागको सुनुवाई गर्न सोमवार साँझसम्म पनि कुनै आधिकारिक पहल हुन सकेन । यसैवीच सोमवार पव्लिक क्याम्पस प्राध्यापक संघ बहुमुखी क्याम्पसको बैठक बसी आंशिक प्राध्यापकहरुले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको छ । आफ्ना मागहरु राखेर आन्दोलनमा उत्रिएका वीरेन्द्रनगर बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले आज मंगलवारदेखि अनिश्चितकालीन क्याम्पस वन्द गरेका छन् । मप विश्वविद्यालयमा समायोजन हुनु अघि स्थायी गर्नुपर्नेलगायतका मागहरु राखेर आइतवार र सोमवार पेन डाउन गरेपछि मागहरुको सुनुवाई नभएको भन्दै आज मंगलवारदेखि अनिश्चितकालीन तालावन्दी गरिएको संघर्ष समितिका सदस्य कमला तिवारीले बताइन् ।
No comments:
Post a Comment